काठमान्डु स्कुल अफ लको ‘अशुलीधन्दा’ : कक्षा १२ को परिक्षा नहुँदै बिएएलएलबीको भर्ना !

काठमान्डु स्कुल अफ लको ‘अशुलीधन्दा’ : कक्षा १२ को परिक्षा नहुँदै बिएएलएलबीको भर्ना !

काठमाडौं, ६ भदौ । भक्तपुरको सुर्यविनायकमा रहेको काठमान्डु स्कुल अफ ल कलेजले कक्षा १२ को परीक्षा नहुँदै बिएएलएलबीको भर्ना लिन सुरु गरेको छ । कोरोनाका कारण अवरुद्ध भएको कक्षा १२ को परीक्षा कहिले हुन्छ भन्ने कुनै टुंगो नभएको समयमा यो क्याम्पसले भने धमधम भर्ना शुरु गरको छ ।


सरकारले अहिले कक्षा १० अन्तर्गतको एसइई र ११ को परीक्षाफल आन्तरिक मुल्यांकन मार्फत सार्वजनिक गरेको छ । तर अन्तर्राष्ट्रिय मापदण्डअनुसार परीक्षा लिनुपर्ने बाध्यता रहेको भन्दै शिक्षा मन्त्रालयले कक्षा १२ को परीक्षा लिने बताइरहेको छ ।

कोरोना महामारीका कारण कसरी र कस्तो प्रकारको मापदण्ड अपनाएर परीक्षा लिने भन्ने अझै टुंगो लागेको छैन । परिक्षा नै दिन नपाएर विद्यार्थीहरु अन्यौलमा रहेको बेला यो क्याम्प्सले भने विद्यार्थीबाट रकम अशुली गर्नकै लागि भर्ना अभियान थालेको आरोप छ ।

एक तहको अध्ययन पुरा नगरी माथिल्लो तहमा पढ्न पाइँदैन । कतिपय सार्वजनिक पद धारण गरेकाले एक तहको अध्ययन पुरा भएको भारतका कतिपय शिक्षण संस्थाका शैक्षिक प्रमाणपत्र ल्याएर नेपालका क्याम्पसमा बुझाएर माथिल्लो तहको अध्ययन पूरा गरेका पनि छन् ।

उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरि विशेष अदालत काठमाडौमा मुद्दा समेत चलाएको छ । तर सिमित मात्रामा कानुन पढाई हुने नेपालकै कलेजमा भने असीमित रूपमा कानुनको बर्खिलाफ गरेको पाइएको छ ।

काठमान्डु स्कुल अफ ल कलेजका सञ्चालक युवराज संग्रौला हुन् । उनी संविधानका ज्ञाता मात्रै होइन महान्यायाधिवक्ता (सरकारको प्रमुख कानुनी सल्लाहकार) समेत भइसकेका छन् । तर उनै संग्रौलाको कलेजले विद्यार्थी ठगिरहेको छ ।


प्रति विद्यार्थी ९२३०० रुपैयाँ हजार असुल्दै भर्ना अभियान !


यो क्याम्पसले अन्य क्याम्पसका तुलनामा निक्कै बढी शुल्क असुली रहेको छ । बिएएलएलबी ५ वर्षे कोर्स हो । परीक्षा माथिल्लो तहबाट गरिन्छ । त्यसैले अहिलेसम्म पाँचौं वर्षको परीक्षा भएको छैन । प्रथम वर्षको परीक्षा हुन महिनौं लाग्छ । तर सो कलेजले एकातिर बिएएलएलबीको परीक्षा भएको छैन भने अर्कोतिर १२ कक्षाको पनि परीक्षा भएको छैन तर धमाधम भर्ना लिइरहेको छ । पहिलो इन्टेकका लागि २ सय जनाको भर्ना खुलाएकोमा १९५ जना भर्ना भए भने अहिले दोस्रो इन्टेक सुरु गरेको छ । जसमा ७५ जनाको कोटा छुट्याइएको छ त्यो पनि आइतबार भर्ना अवधि सकिँदै छ ।

भर्ना भएका एक विद्यार्थीले आफूले चर्को शुल्क बुझाएको स्वीकार गरे । ‘हो मैले चर्को मुल्य तिरेको हुँ । यहाँ कोभिड महामारीमा असुली धन्दा गरेको जस्तो देखियो,’ ती विद्यार्थीले भने ।

काठमान्डु स्कुल अफ ल को सञ्चालक संग्रोला भएपनि उनको पछाडी भने पूर्व सभामुख तथा नेकपाका नेता सुवास चन्द्र नेम्वाङ छन् । उनी काठमान्डु स्कुल अफ लका संरक्षक हुन् ।

यस विषयमा प्रतिक्रिया लिन काठमान्डु स्कुल अफ लको फोन नम्बर ०१६६३४४५५ मा सम्पर्क गर्दा फोन उठाउने एक महिलाले भर्ना अभियान शुरु गरेको स्विकार गरिन् । तर, दियोपोस्टले अहिले कक्षा १२ को परिक्षा दिन नपाएका विद्यार्थीलाई कसरी भर्ना गर्नु भयो भन्ने प्रश्न गर्दा उनले आफूहरुलाई केही थाहा नभएको र प्रशासनलाई नै सबै कुरा थाहा हुने उनले बताइन् ।

Trending News