बैरेनी स्वास्थ्य चौकीमा गल्छी गाउँपालिकाको हस्तक्षेप, स्वास्थ्य प्रमुखलाई दोहोरो पद !

दियो पोस्ट  

धादिङ, ८ असोज । जिल्लाको गल्छी गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत मोहन कुमार श्रेष्ठले एकै कर्मचारीलाई दोहोरो जिम्मेवारी दिएका छन् ।


गल्छी गाउँपालिका स्वास्थ्य संयोजक समेत रहेका रामप्रसाद ज्ञवालीलाई वैरेनि स्वास्थ्य चौकीको प्रमुख समेत बनाइएको भन्दै विरोध भएको छ । स्वास्थ्य चौकीमा अन्य स्वास्थ्य कर्मचारी हुँदाहुँदै पनि प्रमुख प्रसाशकीय अधिकृत श्रेष्ठले गाउँपालिका स्थीत बैरेनी स्वास्थ्य चौकीमा संयोजकमा नियुक्त गरेको हो ।


ज्ञवाली पहिले बैरेनी स्वास्थ्य चौकीकै ईन्चार्ज थिए उनले यता गाउँपालिकाको स्वास्थ्य संयोजकमा नियुक्ति पाएसँगै ईन्चार्ज छाडेका थिए ।


ज्ञवालीले स्वास्थ्य संयोजकमा नियुक्ति भएसँगै प्रमुख प्रशाशकीय अधिकृत र गाउँपालिका अध्यक्षको मिलेमतोमा वैरेनी स्वास्थ्य चौकीमा ज्ञवालीकै श्रीमतीलाई ईन्चार्जका रुपमा नियुक्ती गरिएको थियो ।


हाल ज्ञवालीकी श्रीमती करारमा काठमाडौं आएको र त्यहाँ ईन्चार्जका रुपमा कार्यरत पार्वती बस्नेतलाई अन्याय गरि गाउपालिका अध्यक्ष र प्रमुख प्रशाशकीय अधिकृतको ज्ञवालीलाई नियुक्ति गरीएको हो ।

उनलाई दोहोरो पद दिइएको भन्दै स्वास्थ्य चौकीकै कर्मचारीमा असन्तुष्टि देखिएको छ ।

गाउँपालिका अध्यक्ष कृष्ण हरि श्रेष्ठको निर्देशन र मिलेमतोमा उनलाई दोहोरो जिम्मेवारी दिइएको गाउँपालिका स्रोतले बताएको छ । हेल्थपोष्टमा कार्यरत अन्य कर्मचारीलाई अविश्वसा गरि ज्ञवालीलाई नै ल्याउनुपर्ने कस्तो बाध्यता हो भन्दै एक स्थानियले प्रश्न गरेका छन् ।


यस विषयमा प्रतिक्रिया लिन दोहोरो पदमा बसेका ज्ञवालीलाई दियोपोस्टले सम्पर्क गरेको थियो । ‘म महिले स्वास्थ्य चौकीको संयोजक होइन काम काज गर्नेगरि हेल्थपोस्ट इन्चार्ज भएर आएको हुँ । केही समयलाई मात्रै हो । छैटौं तहको कर्मचारी काजमा भएकाले यहाँ कर्मचारी नआउँदा म आएको हुँ । म पहिले पनि यहाँ काम गरिरहेको हुनाले मैले हेरेको हुँ,’ ज्ञवालीले भने,‘आखिर कामै गर्ने त हो नी ।’

सम्बन्धित खबर