केपी ओलीको नाममा करिश्मा मानन्धरको झूटको पर्दाफास : पोल खुलेपछि स्ट्याटस नै डिलिट !

diyopost.com
दियो पोस्ट  शनिबार, आश्विन ०२, २०७८ | १९:४६:२३

काठमाडौं । अभिनेत्री करिस्मा मानन्धर कक्षा १२  को परिक्षा दिँदैछिन् । उनीजस्तै लाखौँ किशोरीहरु अहिले कक्षा १२ को परिक्षा दिँदैछन् । तर, शुक्रबार एउटा खबर भाइरल भयो,–करिस्मालाई केपी ओलीको फोन, परिक्षा कस्तो भइराको छ, धन्यवाद केपी बुवा !’

यस्ता शिर्षकमा भाइरल समाचार बन्नुअघि करिस्माले लामो स्ट्याटस लेखेकी थिइन् । सामाजिक सञ्जालमा निकै क्रियाशिल रहेकी मानन्धरले स्ट्टयाटसमा आफूलाई पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेर परिक्षा कस्तो भएको भन्दै सोधी खोजी गरेको बताएकी थिइन् ।

उनले स्ट्याटससँगै उनले मोबाइलको स्क्रिन सर्ट पनि फोटोमा राखेकी थिइन् । उक्त फोटोमा करिस्मालाई केपी ओलीले फोन गरेको होइन उनले चाहीँ केपी ओलीको नम्बरमा फोन गरेको देखिन्थ्यो । समाचारहरुमा भने करिस्माको स्ट्याटसको आधारमा झूटो खबर फैलिएको थियो ।

 

‘फोन आउँदा मेरो मोबाइलमा स्क्रिनमा केपी शर्मा ओली भन्ने आयो । म छक्क परेँ । मजाक होकी भन्ने लाग्यो । तर उहाँ हाम्रो देशको पूर्वपूर्व प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँको आवाज सुन्दा घरको मूलिले जस्तो छोरा छोरीलाई गरे जस्तो सुनिन्थयो,’ करिस्माको स्ट्टयाटसमा उल्लेख छ ।

करिस्माले लेखे अनुसार ओली र करिस्माको संवाद ।

 

केपी ओली :‘करिश्मा परिक्षा कस्तो भइरहेको छ ?
करिश्मा : हजुर ठीक छ सर ।
करिश्मा : तपाईं केपी ओली ?
केपी ओली : ओ हो विश्वास लागेन ?
करिश्मा  : लागेन सर ।

 

त्यसपछि करिश्मालाई ओलीले डुंगाको कथा सुनाएको उनको दाबी छ । करिश्माले ओलीलाई ठूलो मान्छे भएर सामान्य कलाकारलाई फोन गरेको भन्दै ‘धन्यवाद केपी बुवा’ भनेर स्ट्याटसको अन्त्य गरेकी छिन् ।

तर, सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले करिश्माको झूटको पोल थाहा पाइहाले । कान्तिपुर दैनिकका पत्रकार जयसिंह महराले ‘फोन आएको होइन गएको देखिन्छ त !’ भनेर कमेन्ट गरेपछि उनले तस्विर हटाइन् । करिस्माले राखेको तस्विरमा करिश्मालाई केपी ओलीले फोन गरेको होइन करिश्माले चाहीँ केपी ओलीलाई फोन गरेको देखिन्थ्यो । तस्विरले विवादमा ल्याउने भएपछि करिश्माले फोटो मात्रै होइन स्ट्याटस नै हटाएकी छिन् ।

नयाँ शक्ति हुँदै राजनीतिमा होमिएकी करिश्मा यतिबेला राजनीति भन्दा बाहिर छिन् । तर, उनको यो झूटका कारण विगतमा उनलाई नेता मानेर हिँडेकाहरु समेत पछुताउन थालेका छन् । ‘कठै, तपाईंको स्तर बल्ल थाहा भो । तपाईंलाई कसरी यति ठूलो नेतृ मानेर हिँडिएछ । अहिले यो कुरा सुनेर म आफै तिन छक परेँ,’ यसअघि नयाँ शक्ति पार्टीका विद्यार्थी नेता रुप नारायण श्रेष्ठको करिश्मालाई जवाफ छ ।

स्क्रिन सर्टमै देखिन्छ करिश्माको झूट

उनलाई हिँजो शुक्रबार साँझ ९ बजेर ५३ मिनेट जाँदा केपी ओलीको फोन आएको दाबी गरेकी छिन् । तर, स्क्रिन सर्टमा देखिएको केपी शर्मा ओली २ पटकसम्म टेलिफोन भएको देखिन्छ । करिश्माको यो स्मार्ट फोन हो । यस्तो फोनमा उताबाट पहिलो कल गर्दा मिस हुँदा फेरी यताबाट कल गर्दा यस्तो देखाउँछ । करिश्माले भने यताबाट केपी ओलीलाई आफैले फोन गरेर उताबाट ओलीले फोन गरेको दाबी झूटो दाबी गरेकी छिन् । ८ बजेर ३२ मिनेट जाँदा उनलाई किरन मरानीको फोन आएको देखिन्छ ।

त्यस्तै बासु कलेज भन्नेबाट चार पटकसम्म ७ः३३ मा फोन आएको स्क्रिन सर्टमै देखिन्छ । उनले चार बजेर ११ मिनेट जाँदा सिना नाम गरेको व्यक्तिलाई फोन गरेकी छिन् । ३ बजेर ४८ मिनेट जाँदा करिश्माले ‘मम’लाई कल गरेकी छिन् । सिना र ममलाई कल गर्दाको जस्तै आउट गोइङ संकेत जस्तै केपी ओलीलाई फोन गर्दा देखिएको संकेत उस्तै छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको झूटको पोल खोलिदिएपछि यतिबेला उनले उक्त स्ट्याटस प्राइभेट गरेर लुकाएकी छिन् । एक अनलाइनलाई दिएको अन्तर्वार्तामा करिश्माले आफूलाई केपी ओलीले फोन गरेको र कसरी आउटगोइङ देखियो भन्दै अझै झूटो बक्तव्य दिएकी छिन् ।

सम्बन्धित खबर