कास्की । शुक्रबार साँझ करिब ६ बजेर ३० मिनेट जाँदा गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दिपक मनाङे उर्फ राजिव गुरुङ पोखरास्थित रंगशाला गेट भित्र प्रवेश गर्दै थिए ।
त्यतिकैमा स्टेडिएम गेट नजिकै होहल्ला भयो । एक अधवैँशे युवती बीच सडकमा बेहास् भएर ढलेको देखेपछि युवाहरु होल्ला गरिरहेका थिए ।
नजिकै रहेका प्रहरी जवानलाई बोलाएर मनाङेले ती महिालबारे सोधखोज गरे । उनलाई तत्काल अस्पताल लानुपर्ने भयो । मनाङे तत्काल आफू चढिरहेको गाडीबाट ओर्लिए र उनकै गाडीमा राखेर ती महिलालाई अस्पताल पुर्याए ।
आफूसँगै रहेका सुरक्षा गार्ड र सहयोगीलाई समेत अस्पताल पठाएर ती महिलाको हेरचाह गर्न मनाङेले खटाएका छन् ।
मनाङेले यसरी सडकमै बेहोस् भएकी महिलालाई आफ्नै गाडीमा राखेर अस्पताल पठाएपछि उनी खेलकुद हेर्न स्टेडिएममा प्रवेश गरेका थिए ।
मनाङबाट स्वतन्त्र सांसद बनेका मनाङेलाई यसअघि गुण्डा नाइकेको रुपमा प्रचार गरिएको थियो । तर, उनले आफू भने समाजसेवी रहेको बताउँदै आएका छन् । स्पष्ट रुपमा आफ्नो धारणा राख्ने मनाङेले दोस्रो कार्यकालमा युवा तथा खेलकुद मन्त्रालय पाएका थिए ।
भिडियोसहित