बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई जनताले मुक्का प्रहार गरेका छन् । बुटवलको ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब २ दर्जन घर क्षतिग्रस्त भएका थिए ।
अविरल वर्षाका कारण भएको क्षति हेर्न मेयर सुवेदी त्यहाँ पुग्दा एक स्थानियले मुक्का हानेका हुन् । नगर प्रहरी र प्रहरीको सुरक्षामा हिँडेका उनलाई ती युवाले मुक्का हानेको भिडियो नै आएको छ ।
पहिरो पीडितलाई लामो समयदेखि स्थानिय सरकारले बेवास्ता गरेको र पुनस्थापना नगरेको भन्दै जनता आक्रोशित भएका हुन् ।
मुक्का प्रहारबाट मेयर सुवेदी सामानय घाइते भएका छन् ।