काठमाडौं । ललितपुरस्थित पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबाट बचत र शेयर रकम झिक्न अभियान थालिएको छ । काठमाडौं उपत्यकाको सभ्यतासँग जोडिएको समय फल्चा र फल्चाको भग्नावशेक्ष हडेपेर निर्माण गरिएको सहकारीको भवन भत्काउनुपर्ने माग उनीहरुको छ ।
ललितपुर महानगरपालिकाको कार्यक्रम अनुसार २ सय वर्ष पुरानो समय फल्चा निर्माण थालिएसँगै सहकारीको भवन अगाडीको क्षेत्र भतकाइएको थियो । समय फल्चा निर्माण शुरु भएसँगै सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले विभिन्न अड्डा अदालतमा मुद्दा दायर गरेर फल्चा निर्माणमा अवरोध गर्दै आएका छन् ।
उनले फल्चा निर्माणमा अवरोध मात्रै गरेका छैनन् स्थानिय नेवार समुदायको बद्नाम हुनेगरि सञ्चार माध्यममा प्रचार समेत गराएका छन् । आफू अनुकुल सञ्चार माध्यम प्रयोग गरेर भण्डारीले यस्तो गर्दै आएका हुन् ।
ललितपुर महानगरपालिकाले २ सय वर्ष पुरानो फल्चा बनाउन पटक पटक खोज्दा पनि लालीगुराँस सहकारीले अदालतको आडमा पुननिर्माण गर्न अवरोध गर्दै आएको थियो । पछिल्लो पटक पुननिर्माण सुरु गरिएपनि पुनः रोकिएको छ ।
पटक–पटक फल्चा पुननिर्माणमा लालीगुराँसका तर्फबाट अवरोध सिर्जना भएपछि ललितपुरका नेवार समुदायले लालीगुराँसमा रहेको आफ्नो बचत झिक्ने अभियान चलाएका छन् । यस्तो अभियानका कारण बिहीबारदेखि लालीगुराँसमा भिड नै लागेको छ ।
स्थानीयले बहिस्कार अभियाननै चलाएको र महानगरपालिकाले लालीगुराँसको ठिक अगाडी फल्चा पुननिर्माण सुरु गरेसँगै लालीगुराँसले पुल्चोकको भवन छाडेर हिड्नुपर्ने अवस्था समेत सिर्जना भएको छ । स्थानीयले उक्त भवन मापदण्ड विपरित बनेको भन्दै भत्काउन माग समेत गरेका छन् ।
लालीगुराँससँग आक्रोशित देखिएका स्थानीय गोपाल नेपाल श्रेष्ठले पाप धुरीबाट कराउने भन्दै अब सुरेन्द्र भण्डारीको फुर्ति उड्ने दिन आएको जनाएका छन् । सहकारीबाट पैसा झिक्ने अभियानमा रहेका स्थानीयहरुले छिट्टै सबै जनाले सहकारीमा बचत गरेको पुँजी फिर्ता गर्न आग्रह समेत गरेको पाइएको छ । रामबाबु श्रेष्ठले सबैले पैसा निकाल्नुपर्ने बताएका छन् ।
रविन्द्र महर्जनले नेवार समुदायले मात्र नभएर सबै नेपालीले लालीगुराँसको विरोध गर्नुपर्ने बताएका छन् । केशव पुरीले कति डिपोजिटरलाई लालीगुराँसबारे थाहा नै नभएको भन्दै चिने जानेकाहरुलाई खबर गर्न आग्रह समेत गरेका छन् ।