धादिङको निलकण्ठमा ट्रक दुर्घटना : २ जनाको मृत्यु, ८ जना घाइते (नामावली)

दियो पोस्ट  

धादिङ । जिल्लाको नीलकण्ठ नगरपालिकामा ट्रक दुर्घटना भएको छ । निलकण्ठ १० ज्यामरुङस्थित हनुमानडाँडामा शनिबार ट्रक दुर्घटना भएको हो । दुर्घटनामा परि २ जनाको निधन भएको प्रहरीले जनाएको छ ।

कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना ४ ख ८०४१ नम्बरको ट्रक सडक छेउमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कपिलवस्तु तौलिहवाका २६ वर्षका सद्दाम अन्सारी र सोही ठाउँका ३५ वर्षका इन्द्रजित पासीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि अन्य ८ जना गम्भिर घाइते भएका छन् । शनिबार मध्यान्ह सवा १२ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परि भारतको मुजफ्फपुर घर भएका २० वर्षिय मोहम्मद जुबेद, ५८ वर्षिय कपिलवस्तु घर भएका ५८ वर्षिय साधु धोबी, ५१ वर्षिय मंग्र पासी, २२ वर्षिय विनोद चमार, २८ वर्षिय तुलसीराम पासी, कञ्चनपुरका २४ वर्षिय भिम बहादुर चौधरी, मकवानपुरका ३९ सूर्य बहादुर थिङ र १८ वर्षिय अनिस थिङ रहेका छन् ।

 

सम्बन्धित खबर