महिला प्रहरीलाई बलात्कार गरेको आरोपमा खानिखोलाका ईन्सपेक्टर ढुंगाना पक्राउ

दियो पोस्ट  

धादिङ्ग । ईलाका प्रहरी कार्यालय धादिङ्गका ईन्सपेक्टर अपूर्व ढुंगाना पक्राउ परेका छन् । आफ्नै अंगरक्षकमा कार्यरत एक महिला प्रहरीलाई बलात्कार गरेको अभियोगमा उनलाई जिल्ला प्रहरी कार्यालय धादिङ्गले पक्राउ गरेको हो । उनलाई पक्राउ गरेपनि पक्राउ परेको घटना गुपचुप पारिएको छ । मध्यराती ब्यारेकमै उनले ती महिला प्रहरीमाथि बलात्कार गरेको आरोप छ ।

प्रहरी प्रवक्ता डिआइजी टेक प्रसाद राईलाई सम्पर्क गर्दा उनले जिल्लाकै एसपीको नम्बरमा फोन गर्न सुझाव दिए । तर, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राकेश सिंहले फोन उठाएनन् ।

सम्बन्धित खबर