सशस्त्र प्रहरीद्वारा ठुलो मात्रामा चरेस बरामद, ३ जना पक्राउ

दियो पोस्ट  

बारा । बारास्थित सशस्त्र प्रहरी गस्ती टोलीले ठुलो मात्रामा लागु औषध चरेस बरामद गरेको छ । सशस्त्र प्रहरी १२ नम्बर हेक्वा मातहत बारा बेनौली सशस्त्र प्रहरी बोर्डर आउटपोष्टको टोलीले आज बिहान पचरौता नगरपालिका ७ स्थित ना १ ह ६२३४ नम्बरको अटोबाट २० किलोग्राम लागु औषध चरेससहित तीन जनालाई पक्राउ परेको हो ।

पक्राउ पर्नेमा वीरगन्ज नगवा टोलका ३० वर्षीय मुकेश श्रीवास्तब, वीरगन्ज छपकैयाका वर्ष १६ का मुस्तुफा देवान र अटो चालक बारा महागढिमाई नगरपालिका १ का वर्ष ३७ का मुस्ताज देवान रहेको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डिआइजी गणेश ठाडा मगरले बताए। बरामद चरेस र अटो सहित तिनै जनालाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरी लाई बुझाएको सशस्त्र प्रहरी बाराले जनाएको छ ।

सम्बन्धित खबर