प्रचण्डलाई गोरखा-२ बाट उठाउने माओवादीको निर्णय

दियो पोस्ट  

काठमाडाै‌‌ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा-२ बाट उम्मेदवार बन्ने भएका छन्। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रचण्डले गोरखा-२ बाट निर्वाचन लड्ने निर्णय गरेको हाे।

उनी यसअघि चितवन-३ बाट निर्वाचित भएका थिए। अहिलेसम्म तीनवटा संसदीय निर्वाचन लडेका प्रचण्डले प्रत्येकपटक क्षेत्र फेरेका छन्। काठमाडौं- १० बाट दोहोर्‍याएर लड्दा उनी पराजित भएका थिए। २०६४ मा रोल्पा- २ र काठमाडौं- १० बाट निर्वाचन जितेका प्रचण्डले २०७० को निर्वाचनमा काठमाडौं- १० बाट हारेका थिए भने सिरहा- ५ बाट झिनो अन्तरले जितेका थिए।

२०७४ मा चितवन- ३ बाट निर्वाचित प्रचण्डले यसपटक गोरखा रोजेसँगै उनी चार चुनावमा चार क्षेत्रबाट निर्वाचन लड्ने नेता हुनेछन्। माओवादीले संसदीय राजनीति सुरू गरेसँगै यो क्षेत्रबाट दुईपटक बाबुराम भट्टराई र एकपटक हितराज पाण्डे निर्वाचित भएका थिए।

२०७० को निर्वाचनमा गोरखा-२ बाट कांग्रेसको समर्थनमा भट्टराई नयाँ शक्तिबाट विजयी भएका थिए। भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले माओवादीकै निर्वाचन चिह्न रोजेको छ। भट्टराईले यसपटक आफू निर्वाचन नलड्ने भन्दै प्रचण्डलाई गोरखा आउन आग्रह गरेका थिए।

सम्बन्धित खबर