राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या, त्रिवि शिक्षण अस्पतालमा भर्ना

दियो पोस्ट  

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएकी छन् । शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । ‘रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना हुनु भएको हो,’ उनले भने ।

अस्पताल उपनिर्देशक डा.निरज बमका अनुसार राष्ट्रपति भण्डारीको रगत परीक्षणको लागि पठाइएको छ ।

सम्बन्धित खबर