काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कूल दुई हजार १२८ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार आइतबार साँझसम्म करिब दुई हजार जनाको उम्मेदवारी परेको हो ।
जसमा पुरुषतर्फ एक हजार ९३७ जनाको उम्मेदवारी परेको छ । यस्तै, महिलातर्फ जम्मा १९१ जनाको उम्मेदवारी परेको छ ।
यस्तै, प्रदेशसभा निर्वाचनका लागि कूल दुई हजार ८४५ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार प्रदेशसभा निर्वाचनमा सहभागी हुन पुरुषतर्फ २६ सय उम्मेदवारी दर्ता हुँदा महिलातर्फ २४४ र अन्यमा एक जनाको उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचनका लागि प्रतिनिधिसभामा १६५ क्षेत्र रहेको छ भने प्रदेशसभामा ३३० वटा क्षेत्र रहेको छ ।
