‘प्लाटिनम क्लब’का दुई बाउन्सरमाथि खुकुरी प्रहार

दियो पोस्ट  

काठमाडौं । राजधानीको सोह्रखुट्टेमा दरबारमार्गस्थित प्लाटिनम क्लबका दुई जना बाउन्सरमाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट नितेश राई र छिरिङ लामा घाइते भएका छन् ।

मंगलबार बिहान ४ बजेतिर क्लबको ड्युटी सकेर डेरा जाँदै गरेका उनीहरूलाई मोटरसाइकल रोकेर ६–७ जनाको समूहमा आएकाहरूले आक्रमण गरेका हुन् ।

प्लाटिनम क्लब काभ्रेका अमित लामासहितका व्यक्तिहरुले संचालन गरेका हुन् । सो क्लबमा केही समयअघि बाउन्सरसँग झगडा गरेको आरोपमा दरबारमार्ग प्रहरीले ४ जनालाई पक्राउ गरेको थियो ।

भोलिपल्ट उनीहरू मिलापत्र गरेर छुटेका थिए । सोही समूहले बाउन्सरलाई पछ्याएर आक्रमण गरेको हुनसक्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।

घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ । खुकुरी प्रहारबाट घाइते भएकाहरूको धापासीस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।

 

सम्बन्धित खबर