डडेल्धुरा एमालेले फिर्ता लियो उम्मेदवारी, कांग्रेस बिपीका मल्ललाई समर्थन गर्ने

दियो पोस्ट  

डडेल्धुरा । डडेल्धुरामा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवरी दिएका चक्र स्नेहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

बुधबार उनले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यहाँ एमालेले कांग्रेस बिपीका उम्मेदवार कर्ण मल्ललाई सर्मथन गर्ने निर्णय गरेको भए पनि स्नेहीले केन्द्रबाट प्रष्ट निर्देशन नआएको भन्दै उम्मेदवारी दर्ता गराएका थिए।

उनले बुधबार उम्मेदवारी फिर्ता लिएको एमाले डडेल्धुराका नेता मनोज राईले बताए।

उनका अनुसार अब त्यहाँ प्रतिनिधि सभातर्फ कांग्रेस बिपीका मल्ललाई एमालेले समर्थन गर्ने छ।

सत्ता गठबन्धनबाट डडेल्धुरामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार बनेका छन्।

सम्बन्धित खबर