उत्तरी धादिङमा एमालेलाई झट्काः अपमानित भएको भन्दै धनबहादुर घलेले गरे पार्टी परित्याग

दियो पोस्ट  

धादिङ । निर्वाचन नजिकीदै गर्दा नेकपा एमालेका नेता धन बहादुर घलेले एमाले परित्याग गरेको घोषणा गरेका छन् । मंसिर ४ गते हुने प्रदेशसभाको निर्वाचनमा नेकपा एमालेबाट क्षेत्र नं २ को प्रदेश सभा २ मा प्रत्यासी रहेका घलेको उमेदवारी पार्टीको धादिङ जिल्ला इन्चार्ज समेत रहेका खेम लोहनीले फिर्ता लिइदिएको भन्दै राजीनामा घोषणा गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै ३३ वर्ष मलजल गरेको एमाले पार्टीमा केही ब्यक्तिको स्वेच्छाचारीले गर्दा निकै अपमान महशुस गरेकारे पार्टी छाड्नुपरेको बताएका हुन् ।

नेकपा एमालेले धादिङ जिल्लामा राप्रपा संग तालमेल गरेपछि धन बहादुर घलले पार्टीबाट टिकट पाएको प्रदेश राप्रपालार्इ छाड्नु परेपछि घलेको उमेदवारी खेम लोहनीले फिर्ता लिइदिएका थिए ।

उत्तरी धादिङमा राम्रो प्रभाव रहेको घलेको पार्टी परित्यागले नेकपा एमालेलाई उत्तरी धादिङमा झट्का लागेको छ ।

सिफारिस