काठमाडौं-९ मा स्वतन्त्र उम्मेदवारी दिएका डा बस्नेतले पाए ‘माछा’ चुनाव चिन्ह, को हुन् उनी ?

दियो पोस्ट  

काठमाडौं । काठमाडौं क्षेत्र नं.९ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार डा. ज्ञान बस्नेतले ‘माछा’ चुनाव चिन्ह पाएका छन् । बुधबार आयोगले निर्वाचन चिन्ह प्रदान गर्ने क्रममा बस्नेतले ‘माछा चुनाव चिन्ह पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चुनावचिन्ह पाएपछि डा. बस्नेतले चुनावी अभियानलाई झन तिव्रता दिने बताएका छन् ।

दियोपोष्टसँग कुराकानी गर्दै बस्नेतले भने, ‘अब हाम्रो अमुल्य मत यो राष्ट्र–भुगोल बचाउँने अस्त्र बन्नु पर्छ । संस्कारको राजनितिको सुत्रपात र राष्ट्रिय स्वाधिनताको रक्षा र हरेक खालको अन्याय र अत्याचारको बिरुद्दमा लड्नको लागि, आवाज उठाउँनको लागी काठमाडौं क्षेत्र न। ९ का आम मतदाताहरुलाई ‘माछा’ चुनाव चिन्हमा मतदान गर्न अपिल गर्दछु ।’ आफुलाई हार्ने छुन नभएको डा. बस्नेतको भनाई छ ।

भोजपुरमा जन्मिएका डा. बस्नेतले त्रिभुवन विश्वविद्यालय र बेलायतको ल्यान्केस्टर विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर गरेका छन् । साथै, ल्यान्केस्टरबाटै मानव अधिकारमा विद्यावारिधी समेत गरेका छन् । उनी मानव अधिकारको विषयमा विद्यावारिधी गर्ने नेपालकै पहिलो व्यक्ति पनि हुन् ।

सम्बन्धित खबर