सन्दीप लामिछानेलाई ५ दिन म्याद थपियो, छिट्टै मुद्दा दर्ता गर्न न्यायाधीशको अनुरोध

दियो पोस्ट  

काठमाडौं । जिल्ला अदालत काठमाडौंले सन्दीप लामिछानेलाई ५ दिन म्याद थप गरेको छ। दोस्रो पटक म्याद थपका लागि प्रहरीले आज उपस्थित गराएको थियो। सन्दीपका कानुन व्यवसायी सरोज घिमिरेका अनुसार दोस्रो पटक पाँच दिनको म्याद थप गरेको हो। पहिलोपटक २७ गतेसम्म म्याद थप भएको थियो।

जिल्ला सरकारी वकिलले थप सात दिन मागेको थियो। विगतमा पनि सात दिन दिएको र बयान पनि आधा सकिएकाले कम समय दिनुपर्ने माग सन्दीपका कानुन व्यवसायीहरुले गरेका थिए। छिटै मुद्दाको किनारा गर्नुपर्ने भन्दै उनीहरुले ३ दिनको मात्र समय दिनुपर्ने माग गरेका थिए। अदालतले बयानदेखि अनुसन्धान सक्न भन्दै असोज ३१ गतेसम्म न्यायिक हिरासतमा राख्न भनेको छ।

यस्तै जिल्ला न्यायाधीशले छिट्टै मुद्दा दायर गर्न सरकारी वकिललाई निर्देशन पनि गरेका छन्। नाबालिकालाई बलात्कार गरेको अभियोगमा उनीविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ।