तेक्वान्दो खेलाडीको भविष्यमाथि खेलवाड : खेलकुद मन्त्री र सदस्य सचिवकै संग्लनता !

दियो पोस्ट  

काठमाडौं । भोलीदेखि शुरु हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल तेक्वान्दो संघ बागमती प्रदेशलाई सहभागी नगराउने षडयन्त्र भएको छ ।

खेलकुद मन्त्री महेश्वर गहतराज र सदस्यसचिव टंकलाल घिसिङको निर्देशन र मिलेमतोमा संघलाई सहभागी नगराउनेगरि षडयन्त्र भएको पाइएको हो ।

गत अुुसोज १३ र १३ गते बागमति प्रदेश खेलकुद विकास परिषदको आयोजनामा नेपाल तेक्वान्दो संघलाई समेत सहभागी गराएर छनौट गरिएको थियो । परिषदको आयोजनामा संघमा आवद्ध १३ वटै जिल्लाका खेलाडी सहभागी भई छनौट प्रक्रियामा भाग लिएर राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट भएका थिए ।

संघका तर्फबाट २२ जना खेलाडीले राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन छनौट भएका थिए । नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले भदौ २३ गते बागमती खेलकुद परिषद्मा नवौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय छनौट भएका खेलाडीहरुको नामावली पठाएको थियो ।

तर, प्रदेश सरकारले गरेको छनौटलाई खेलकुद मन्त्री र सदस्य सचिव टंकलाल घिसिङको निर्देशनमा सहभागी नगराइने भएपछि खेलाडीका तर्फबाट उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ । गत असोज २५ गते खेलाडीका तर्फबाट अन्तरिम आदेश माग गर्दै उच्च अदालतमा मुद्दा दायर भएको हो ।

उच्च अदालत पाटनले प्रदेश खेलकुद परिषद बागमतीबाट तेक्वान्दो खेल्नका लागि मिति २०७९। असोज १२ र १३ गते खेलाडी छनौट सम्बन्धमा गरेको निर्णय कार्यान्वयन नगर्नु र नगराउनु भन्दै अल्पकालिन अन्तरिम आदेश समेत दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश श्यामकाजी प्रधानको ईजलाशको उक्त आदेश विपरित प्रदेशस्थित बागमती प्रदेश खेलकुद परिषदले आफू अनुनुकल निर्णय गरे अदालतको अपहेलनाको मुद्दा लाग्ने छ ।

स्रोतका अनुसार प्रदेश खेलकुद विकास परिषद बागमतीका सदस्यसचिव सुर्य भण्डारीले शिव कोइराला अध्यक्ष रहेको राष्ट्रिय तेक्वान्दो संघका खेलाडीहरुलाई सहभागी गराउनका लागि राजनीतिक रुपमा ईगो साँधेर संघका खेलाडीको भविष्यमाथि खेलबाड गरेका हुन् ।

सम्बन्धित खबर