काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य प्रभु साहलाई पार्टीबाट निस्कासित गरेको छ। महासचिव शंकर पोखरेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै निस्कासनको जानकारी गराएका हुन्।
साहलाई पार्टी विरोधी गतिविधिमा संलग्न रहेकाले पार्टीको सदस्यता समेतबाट निस्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ। साह एमालेको मधेस प्रदेश सह( इन्चार्ज थिए। साहसँगै जिल्ला इन्चार्ज उपेन्द्र साह र सह( इन्चार्ज कुन्दप्रसाद कुशवाह पनि निस्कासनमा परेका छन्।