सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका ८ मेहलकुनामा बेबारिसे शव भेटिएको छ । भेरी नदिले बगाएर ल्याएको शवको पहिचान हुन सकेको छैन ।
नदि किनारमा हात समेत बाँधेको अवस्थामा शव देखेपछि स्थानियबासीले प्रहरीलाई खबर गरेका थिए ।
भेरि नदिमा लुगा धुन गएका किशोरीहरुले नदिमा तैरिरहेको अवस्थामा शव देखेपछि स्थानियबासीलाई खबर गरेका थिए ।
प्रत्यक्षदर्शी प्रियांका दुतराजका अनुसार शव जलाएर हातमा डोरी बाँधेर खोलामा फालिएको जस्तो देखिएको छ ।