काठमाडौं । नवौं खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाडिङ क्रस कन्ट्री प्रतियोगितामा सहभागी त्रिभुवन आर्मी क्लबका खेलाडीको प्याराग्लाडिङबाट खसेर मृत्यु भएको छ।
पोखरा महानगरपालिका–१८ सराङकोटमा आइतबार खेल चलिरहेको १०० मिटर माथिबाट जमिनमा खस्दा आर्मीका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्याराग्लाडिङबाट खसेर घाइते थापालाई उपचारका लागि लागि मेट्रोसिटी अस्पताल पठाएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीका प्रवक्ता, सुन्दर तिवारीले जानकारी दिए।