पारिश्रमिक नदिएको भन्दै राजधानी दैनिकमा तालाबन्दी

दियो पोस्ट  

काठमाडौं । काठमाडौंबाट प्रकाशित राजधानी राष्ट्रिय दैनिकमा तालाबन्दी भएको छ । पारिश्रमिक नपाएको भन्दै श्रमजिवी पत्रकारहरुले आज कार्यालयमा तालाबन्दी गरेका हुन् ।

उनीहरुले चार बुँदे माग समेत टाँसेका छन् । व्यवस्थापन समक्ष लिखित रुपमा दिएको मागहरु सम्बोधन गर, श्रमजिवि पत्रकार ऐनको पूर्ण पालना गर, सम्पूर्ण पत्रकार तथा कर्मचारीलाई अनिवार्य नियुक्ती पत्रको व्यवस्था गर र नियमित पारिश्रमिक, चाडपर्व खर्च, सञ्चित विदा, उत्पादन र सामाजिक सुरक्षाकोष तत्काल लागु गर भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।

नेपाल पत्रकार महासंघको अगुवाईमा उनीहरुले तालाबन्दी गरेका हुन् । राजधानी दैनिकमा यसअघि पनि यस्तै आन्दोलन भएको थियो । राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको निधन भएपछि उनका छोरा र कान्छि श्रीमतीले पत्रिकाको नेतृत्व सम्हालेका छन् । छोरा आशिष शेरचनले पत्रिकाको व्यवस्थापन सम्हालेपछि झनै भद्रगोल भएको त्यहाँ कार्यरत पत्रकारहरु बताउँछन् ।