काठमाडौं । सत्ता गठबन्धनमा रहेका नेपाली कांगे्रस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संयुक्त अपिल जारी गरेका छन् । संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन दलहरुको पक्षमा मतदान गर्न भन्दै उनीहरूले मंगलबार संयुक्त अपिल जारी गरेका हुन्। उनीहरूले संविधानमाथिको प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै रहने बताएका छन्।
पाँच दलीय गठबन्धनको उद्देश्य मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको भावना र मर्म विपरीत दुई–दुई पटक गरिएको प्रतिनिधि सभाको असंवैधानिक विघटन लगायत तात्कालीन सरकार प्रमुखको अनेकौं स्वेच्छाचारी कदमहरुलाई परास्त गर्नु र संविधानको रक्षा गर्नु रहेको उनीहरूले बताएका छन्।
