काठमाडौं । सिन्धुपाल्चोकस्थित तातोपानीनजिक केन्द्र भएर ४५ मिनेटकै बीचमा दुईवटा भूकम्प गएको छ । आज ३ बजेर ७ मिनेट जाँदा ५।९ रेक्टरस्केलको भूकम्प गएको थियो भने ३ बजेर ५३ मिनेटमा ४।५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत सिन्धुपाल्चोक, काभ्रे, चितवन, गोरखामा महसुस गरिएको थियो ।