काठमाडौं । बझाङमा जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको मष्टा गाउँपालिका ४ को चिउरीमा बुधबार दिउँसो डुङ्ग्रीबाट मस्टातर्फ गइरहेको जिप दुर्घटना हुँदा घटनास्थलमै छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
अन्य घाइतेहरूलाई अस्पताल पठाइएको छ । विस्तृत विवरण अहिले दिन सक्ने अवस्थ नभएको स्रोतले बतायो । डीएसपी भण्डारीका अनुसार अहिले घाइतेहरूको उद्धार गर्ने क्रम जारी छ ।