काठमाडौं । काठमाडौंस्थित गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना ३५ दिनभित्र हटाउनुपर्ने भएको छ।
पशुपति क्षेत्र विकास कोषले सुचना जारी गदैं सम्झौता विपरीत संरचना बनेकोले हटाउन ३५ दिनको समय दिएको छ ।
कोषले मारवाडी सेवा समिति नेपाल र गौशाला धर्मशाला सञ्चालक समितिलाई मापदण्डविपरीत बनेका संरचना हटाउन आग्रह गरेको छ ।
