सत्ता गठबन्धनको प्रादेशिक भेला आजदेखि

दियो पोस्ट  

काठमाडौं । सत्ता गठबन्धनले आजबाट निर्वाचन लक्षित भेला सुरु गर्दैछ ।

गठबन्धनले ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नाराका साथ सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्न लागेको हो । शुक्रबार पहिलो भेला पोखरामा हुने छ ।

बुटवलमा पनि आजै भेलाको आयोजना गरिएको छ । बुटवलको भेला दिउँसो २ बजे सुरु हुनेछ । त्यस्तै, गठबन्धनको भेला शनिबार विराटनगर र जनकपुर, आइतबार धनगढी र सुर्खेतमा हुने छ ।

सम्बन्धित खबर