काठमाडौं । भरतपुरको नयाँ मेडिकल कलेज अगाडि भेटिएको शंकास्पद वस्तु सेनाले निष्क्रिय पारेको छ ।
करिब २ बजेर ४० मिनेटतिर देखिएको उक्त शंकास्पद वस्तुलाई सेनाको टोलीले ४ बजेर ४५ मिनेटमा निष्क्रिय पारेको हो ।
एक जनाले स्कुटरमा आएर छाडेको उक्त शंकास्पद वस्तुलाई भरतपुर ब्यारेकको सेनाको टोलीले निष्क्रिय पारेको हो ।
सेनाले डिस्पोज गर्दा उक्त वस्तु बम नभएको पाइएको छ । बमको आशंका गरिएको उक्त वस्तु तर्साउने मनसायले राखिएको पाइएको उनले बताए ।
पूर्व–पश्चिम राजमार्गमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले दुईतर्फी नै सवारी साधन रोकेर उक्त वस्तु डिस्पोज गर्ने काम थालेको थियो ।