काठमाडौं । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर २ नलाङमा मिनि ट्रक दुर्घटना भएको छ । नलाङको खिर्रेबाट ठाँटी जाने क्रममा भर्ला झ्याङ भनिने स्थानमा टाटा कम्पनिको डिआई दुर्घटनामा परेको हो । दुर्घटनामा परि केही सामान्य घाइते भएपनि ठूलो मानवीय क्षति भएको छैन ।
स्थानियका अनुसार बा ७ च ९८६८ नम्बरको गाडी दुर्घटनामा परेको हो । स्थानिय रामशरण श्रेष्ठका अनुसार गाडी सडकबाट २० फिट तल खसेको छ । कुनै मानवीय क्षति भएको छैन् ।