बेलायती प्रधानमन्त्री ऋषि सुनकको ‘विरासत’ : जसकी हजुरआमाले बसाई सर्न गहना बेचिन् !

दियो पोस्ट  

बीबीसी । ऋषि सुनकले बेलायतको नयाँ प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । ब्रिटेनको ईतिहासमा पहिलोपटक एशियाली मूलका व्यक्ति प्रधानमन्त्रीको कुर्सिमा बसेका छन् । यद्धपी उनको पेसा र पृष्ठभूमिसहित विरासतबारे पनि चर्चा भइरहेको छ ।

बेलायती प्रधानमन्त्रीमा पहिलो पटक ईतिहास रचेका ऋषिका विभिन्न आयाम छन् । उनी पहिलो ब्रिटिस एशियन हुन् जो बेलायतको प्रधानमन्त्री बने । त्यस्तै यो पदमा पुग्ने उनी पहिलो हिन्दु पनि हुन् ।
उनी कन्जरभेटिभ पार्टीका नेता हुन् । उक्त पार्टीको अध्यक्ष बन्ने खैरो व्यक्ति पनि उनी नै पहिलो हुन् । जो प्रधानमन्त्रीमा पदासिन छन् ।
भारतीय मूलका ऋषिको पृष्ठभूमि र अतित निकै दिलचस्प छ कि कसरी उनले वर्ग, नश्ल, औपनिवेशिकता र खुद ब्रिटिस साम्राजयको ढाँचाबाट गुजार्दै १० डाउनिङ स्ट्रिट पुगे ।

उनको आमाको नाम उषा सुनक हो र पिताको नाम यशवी सुनक । उनको जन्म दक्षिणी बन्दरगाह शहर स्थित उनको घरमा सन् १९८० मा भएको हो । यद्धपी उषा र यशवीर सुनक पूर्वी अफ्रिकास्थित ब्रिटिस उपनिवेशका कारण ब्रिटेन पुगेका थिए । सुनकका हजुरबुवाको जन्म ब्रिटिस शासित भारतको पञ्जावमा भएको थियो । त्यहाँबाट १९३० को दशमा उनीहरु पूर्वी अफ्रिका बसाइँ गएका थिए । तर, जबजब अफ्रिकी देशहरु बेलायती शासनबाट मुक्त हुन थाले भारतीय समुदाय भने ब्रिटेन जान थाले । सुनकको हालै सार्वजनिक भएको बायोग्राफी अनुसार सन् १९६० मा उनकी हजुर आमा सरक्षाले ब्रिटेन पुग्नका लागि आफ्नो विवाहको गहना बेचेकी थिइन् । त्यसपछि उनको हजुरबा र आमा दुवै ब्रिटेन पुगेका थिए ।

त्यतिबेला हजारौँ परिवारले बेलायति उपनिवेशबाट अफ्रिका हुँदै ब्रिटेनको बाटो रोजेका थिए । यतिका धेरै संख्यामा त्यतिबेला किन बेलायत पुगे ? यसको ईतिहास के हो ?
विश्व ईतिहासकी अध्यता तथा टिकटक भिडियो क्रेटर एमिली ग्लेनकर भन्छिन्,‘१९ औँ शताब्दिको शुरुवातमा बेलायती साम्राज्यको तिब्र गतिमा औद्योगिकरण भइरहेको थियो । दास प्रथाको अन्त्य भइसकेको थियो । कामदारको अभाव भइसकेको थियो ।’ उनको यो भिडियो भाइरल भएको छ ।

उनी भन्छिन्,‘भारतीयबाट रेल, सडक र बृक्षरोपणको काम गराइन्थ्यो । उनीहरुलाई एउटा सम्झौता गरेर काममा राखिन्थ्यो । जसबाट उनीहरुलाई कुनै तलब आउँदैन थियो । उनीहरुलाई ऋण दिएर काममा लगाइन्थ्यो । जसले कर्जा तिर्न सक्दैन थिए । उनीहरु बेलायतीहरुको जालमा फस्दथे ।’

 

जसो जसो समय वित्दै गयो भारतीय समुदायको मात्रा बढ्दै गयो । यसरी सम्झौतामा काम गर्ने प्रथा अन्त्य भयो । कयौँ मानिसहरु भारत फर्किए । तर ब्रिटिस साम्राज्यले दक्षिण एशियालीलाई पूर्वी अफ्रिकन भनेर बोलाउन शुरु गरे । उनीहरुलाई बेलायती साम्राज्यले धेरै आर्थिक अवसर र सामाजिक हैसियत दिने वचन दिइएको थियो ।

ग्लेनकर भन्छिन्,‘यो संरचना यस्तो पनि थियो की पदानुक्रममा गोरा बेलायतीहरु सबैभन्दा माथि थिए । काला अफ्रिकीहरु सबैभन्दा तल थियो । बिचमा दक्षिण एशियाली समाजका मानिसहरु थिए । यही दक्षिण एशियाली हिस्सामा पेशेवर र प्रशासिनक पद आयो । उनीहरुले ब्रिटिस अफ्रिकीको बीचमा कडिको काम गर्थे ।’

ग्लेनकर भन्छिन्,‘कयौँ भारतीयहरुलाई लाग्यो की अफ्रिकी उपनिवेशमा ब्रिटिश साम्राज्यले जुन सिस्टम बनाईरहेको छ । त्यसको बीचमा बसेर आर्थिक फाईदा लिनुपर्छ ।’
केही समयमै अफ्रिकी भारतीय समुदायले त्यहाँ आफ्नो ताकत हासिल गरे । उदाहरणका लागि युगाण्डामा उनीहरुलेृ १९२० देखि नै जमिनमाथिको अधिकार हासिल गर्न थालेका थिए । तर, युगाण्डाकै काला जातिका मानिसहरुले यो हासिल गर्न सकेका थिएनन् । यसले ठूलो असमानताको खाडल बनाइदियो ।

अफ्रिकी देशको आजादी

सन् १९६० देखि १९७० को दशकको बीचमा ब्रिटिस साम्राज्य ढल्न शुरु भएको थियो । अफ्रिकी उपनिवेश भएका मुलुकहरुले ब्रिटिश साम्राज्यबाट स्वतन्त्रता हासिल गर्न थालेका थिए र त्यहाँको नेतृत्व कालो अफ्रिकी नागरिकको हातमा आउँदै थियो । यसै राजनीतिक उथलपुथलको बीच प्रवासी भारतीय समुदायलाई यो उपनिवेशबाट निकाल्न शुरु गरियो । १९७२ मा युगाण्डाका तत्कालिन राष्ट्रपति ईदी अमिनले एशियाली मूलका सबै युगाण्डाबासीलाई ९० दिन भित्र मुलुक छाड्न आदेश दिए । उनीहरु मध्ये धेरै मानिस भारतीय थिए ।
भक्ति कंसारा १४ वर्षकी थिइन् जतिबेला उनी ब्रिटेन पुगिन् । युगाण्डाबाट निकालिएपछि उनी परिवारका १५ सदस्यका साथ बेलायत आएकी थिइन् ।
उनले बीबीसीसँग भनिन्,‘म घरमा थिएँ । मेरो बुवा र भाईले अब हामी युगाण्डामा धेरै बस्न सक्दैनौँ । आफ्ना सबै आवश्यक सामान प्याक गरेर जानुपर्छ भनेको सुनेको थिएँ ।’
उनी भन्छिन्,‘मलाई मेरी आमा निकै चिन्तित भएको याद छ । मलाई त्यहाँबाट बाहिर निस्कने कुरा सुनेर निकै खुसी लागेको थियो । मैले सोच्दैथिएँ की म त लण्डन जाँदैछु । मलाई केही थाहा थिएन की के चलिरहेको छ । मेरो चारैतर्फ के भइरहेको छ ।’
उनी भन्छिन्,‘हामी दुई कारमा सवार थियौँ । हाम्रो साथमा सेनाका मानिसहरु थिए । जसले हामीलाई विमानस्थलसम्म छाडेका थिए । मलाई त्यतिबेला केही त गलत भएको पक्कै लागेको थियो । म सोचिरहेको थिएँ की लण्डन जानुपर्दा सेनाका मानिसहरुले किन हामीलाई विमानस्थलसम्म ल्याएर छाडे ?

उनीहरुले ब्रिटेनको शरणार्थीसरह आएक थिए । तर, अफ्रिकी उपनिवेशबाट आएका अन्य आप्रवासी सरह उनीहरु पनि लण्डनमै बसे ।

भारतीय छिट्टै घुलमील भए

भक्तिकी छोरी रिया बीबीसीमा एक रिपोर्टरको रुपमा काम गरिरहेकी छिन् । उनले युगान्डाबाट भारतीयलाई निष्काशनमाथि बृत्तचित्रको सिरिज नै बनाएकी छिन् । उनीका अनुसार पूर्वी अफ्रिकाका कयौँ आप्रवासीहरु ब्रिटेनमा निकै राम्रोसँग घुलमिल भएका थिए । किनकी उनीहरु त्यहाँ आउनुअघि नै मध्यमवर्गमा पुगिसकेका थिए ।

उनी भन्छिन्,‘उनीहरुसँग सिप थियो । त्यसको प्रयोग गर्न सक्थे । कयौँले तलदेखि निकै मेहनत गरेर अघि बढे । सुनकका हजुरबा कर अधिकृत थिए । जब ब्रिटेन आए त्यसपछि उनलाई राजश्व विभागमै जागिर मिल्यो । सुनकका माता पिता मेडिकल क्षेत्रमा थिए । पिता नेशनल हेल्थ सर्भिसमा फेमिली डाक्टर थिए र आमा भने फार्मेसी चलाउँथिन् ।

जब बेलायतमा भारतीय समुदायले प्रगती गर्न थाले तब उनीहरु अर्का एशियाली समुदाय भन्दा अलग देखिन थाले । भारतीय समुदाय ब्रिटिश समाजसँग निकै घुलमिल थिए । बेलायतमा ‘डाइरेक्ट फ्लाइट माइग्रेन’ पनि आएका थिए । तर, उनीहरु सुनकका पूर्वजहरुले जस्तो नभई अलग बाटोबाट आएका थिए । उनीहरु १९४७ मा भारत विभाजनपछि सिधै आएका थिए । उनीहरुमा धेरै संख्या ग्रामिण समुदायका थिए । हिन्दुको तुलनामा मुस्लिमको संख्या ज्यादा थियो । उनीहरुसँग राम्रो काम गर्न लायक सिप थिएन । न त उनीहरुले राम्रोसँग अंग्रेजी नै जान्दथे ।

बेलायती अखबार ‘द गार्जियन’ का अनुसार बेलायतमा हिन्दु आप्रवासी हुनु राम्रो हा किनकी दुई तिहाई हिन्दुहरु यहाँ प्रबन्धक देखि निकै राम्रो पदमा कार्यरत छन् ।

 

ब्रिटेनका पहिला बेलायती भारतीय प्रधानमन्त्री

कन्जर्भेटिभ पार्टीले पहिलो पटक १८७४ मा एक यहुदी प्रधानमन्त्री चुनेका थिए–बेन्जामिन डिजराइली । १९७९ मा पहिलो पटक मारग्रेट थेचरलाई महिला प्रधानमन्त्रीको रुपमा चुनेको थियो । त्यसको आधा सताब्दिपछि पार्टीले कुनै ‘कलर पर्सन’लाई प्रधानमन्त्री चुनेको छ । जो १० टोन स्ट्रिबाट शासन चलाइरहेका छन् ।

हालैका दिनमा कन्जरभेटिभ पार्टीको राजनीति धेरै विविधताले भरिएको छ । मन्त्री सुवेला ब्रेवरमेन र प्रिति पटेल दुवै महिला हुन् । उनको पनि परिवार पूर्वी अफ्रिकाबाट आएका थिए । यद्धपी सुनकलाई लिएर ब्रिटिश भारतीय समुदायमा निकै विभाजन पनि छ । केही व्यक्तिहरु उनी प्रधानमन्त्री बनेकोमा खुसी छन् भने कोही छैनन् । जो बेखुसी छन् उनीहरुको दाबी छ की सुनकका पूर्वज पूर्वी अफ्रिकाबाट आएका थिए त्यसकारण उनले हाम्रो प्रतिनिधित्व गर्दैनन् ।

रिया भन्छिन्,‘हाम्रो विरुद्ध यो प्रयोग भएको छ । मेरो पहिचानका केही व्यक्तिहरु, केही हिन्दु राष्ट्रवादी मलाई भन्छन् तिमी भारतीय होइनौँ । किनकी मेरो परिवार केन्या वा युगान्डाबाट आएको हो ।’
उनी भन्छिन्,‘यस्तो बहस चलिरहेको हुन्छ, तर आखिर कसको परिवार कहाँबाट ब्रिटेन आयो यो आधारमा कसैको कद घटाउनु राम्रो होइन । जस्तै दक्षिण एशियाली समुदायका केही मानिसहरु सुनक भारतीय विरासतको सन्तान भएकोमा खुसी छन् । यो हानिकारक छ ।’

बीबीसी हिन्दीबाट अनुवाद