‘पाँच वर्षभित्र गोरखाको धुलो र ढंगा पनि सफा गरिन्छ’

दियो पोस्ट  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी पाँच वर्षभित्र गोरखा जिल्लालाई धुलोमुक्त बनाउने प्रतिबद्धता जाहेर गरेका छन्।

गोरखामा २ का आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उनले उनले आफूले चुनावी प्रचारको क्रममा ढुंगाको बीचमा ज्यान जोखिममा राखेर हिँड्न परेको बताए।

प्रचण्डले भने – ‘हिजोदेखि आजसम्म आउँदा माथि ढुंगैढुंगाको बीचको पहराबाट आउँदा डरलाग्दो बाटो हिँडे म। हिजो २२ वटा कार्यक्रममा धुलो र ढुंगाको बीचबाट ज्यान जोखिमजस्तो ठाउँबाट हिँडेर हिजो सभा भए । तल झरेपछि यहाँ राम्रो होला भनेको यहाँ पनि धुलो बाहेक केही पनि रहेनछ। मैले ०७४ मा चितवनबाट लड्दा जता गएपनि धुलो मात्रै थियो। मैले ५ वर्षभित्र धुलो पिचमा बदल्छु भनेर त्यो पुरा गरे। अब पाँच वर्षभित्र गोरखाको धुलो र ढंगा पनि सफा गरिन्छ।

राजनीतिक क्रान्ति गोरखाबाटै सुरु गरेकाले आर्थिक समृद्धिको अभियान पनि गोरखाबाट सुरु गर्ने बताए। ‘म गोरखामा आओस् भन्ने चाहना हाम्रो पार्टी र यहाँको जनताको पनि भयो। सिराह, काठमाडौं, चितवनबाट चुनाव लड्दै गर्दा पार्टी गठबन्धन र यहाँको जनताको भरोसाले मलाई यहाँ खडा गरेको छ’ उनले भने, ‘बाबुरामजी र हाम्रो सपना भनेको देशको राजनीतिलाई सुदृढ गर्नु नै हो। जनताको अधिकारलाई सुनिश्चित गर्न आर्थिक क्रान्ति आवश्यक छ।’

मंसिर ४ को निर्वाचनमा प्रतिगमन विरुद्धको लडाइँ भएको समेत बताए। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै संविधान च्यात्न खोज्नेहरूलाई परास्त गर्न एकजुट हुन आह्वान गरे।

‘ठुलो बलिदानपछि हामीले संविधानसभा प्राप्त गरेका थियौँ। तर, केही नेताहरूबाट त्यसलाई उल्टाउने प्रयास भयो। लोकतन्त्र र समावेशी संविधानलाई उल्ट्याउन खोजियो। त्यही संघर्षको बीचबाट यो गठबन्धन बनेको हो’ उनले भने, ‘हामीले यो गठबन्धनमार्फत देशलाई प्रतिगमनतर्फ जान खोज्नेलाई रोक्न सफल भएका छौँ। स्थानीय निर्वाचनबाट परास्त गरेपछि संविधान च्यात्न खोज्नेलाई आगामी निर्वाचनबाट परास्त गर्नुपर्छ।’

सिफारिस