अधिकारी र कालाखेतीको लापरबाहीले नेपाल एयरलाइन्स ‘डामाडोल’ : २५४ यात्रु विमानस्थलमै अलपत्र !

दियो पोस्ट  

 

काठमाडौं । नेपाल एयरलाइन्सले यात्रुमाथि गम्भिर लापरबाही गरेको छ । आईतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दिल्ली उडानका लागि पुगेका यात्रुलाई बोर्डिङ पास समेत दिइसकेका फिर्ता गरिएको घटना सार्वजनिक भएपछि लापरबाहीको् पोल खुलेको हो ।

‘आरए २१७’ बाइडबडी विमान मार्फत दिल्ली जान लागेका कतिपय यात्रु अध्यागमन र सुरक्षा जाँच समेत पास गरे प्रतिक्षा कक्षमा पुगेपछि फिर्ता गराइएको छ ।

विमानस्थल कर्मचारीका अनुसार ७३ जनाले बोर्डिङ पास समेत लिईसकेपछि फिर्ता गराइएको छ । स्रोतका अनुसार नेपाल बायुसेवा निगम सो उडान मार्फत दिल्ली प्रस्थान गर्न २५४ जनालाई टिकेटिङ गरेको थियो ।
तर, दिल्ली उडानको तालिका नै स्विकृत नगराई टिकट बेचिएको पाइएपछि नेपाल नागरिक उडयन प्राधिकरणले उडानै बन्द गरिदिएको हो ।

दिउँसो १ बजेर ४५ मिनेटमा उड्नुपर्ने विमान उड्न नसक्ने जवाफ आएपछि विमानस्थलमा अहिले पनि यात्रुहरुको भिड लागिरहेको छ । उनीहरुले नेपाल एयरलाइन्सको काउन्टर घेरा हालेर बसेका छन् ।
नेपाल एयरलाइन्सले केही यात्रुलाई भारतीय विमान मार्फत दिल्ली पठाउने आश्वासन दिएपनि कुनै यात्रुलाई हालसम्म दिल्ली पठाउन सकेको छैन ।

एयरलाइन्सका लापरबाहीका कारण कतिपयको उपचार र परिक्षा समेत प्रभावित बनेको विमानस्थलमा अलपत्र पर्नेहरुले बताएका छन् ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले एक अनलाइनलाई दिएको प्रतिक्रिया अनुसार नेपाल नागरिक उडयन प्राधिकरणले स्विकृत तालिका अनुसार नै कटौती गरेको थियो । प्राधिकरणले ३० अक्टोवर २०२२ अर्थात आजैदेखि २५ मार्च २०२३ सम्मका लागि विन्टर सिजनको उडान तालिका तय भएको थियो ।

यो स्विकृत तालिका अनुसार काठमाडौंबाट प्रति तीन उडानभन्दा बढी उडान गर्दा कम्तीमा ३ उडान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान गर्नुपर्छ । तर, एयरलाइन्सले पुरानै तालिका अनुसार टिकट बेचेको थियो ।

को हुन् स्विकृत तालिका बेगर टिकट बेच्ने व्यक्ति ?

नेपाल एयरलाइन्सको कमर्सियल डाइरेक्टर हुन् जनकराज कालाखेती । उनकै मातहतमा एयरलाइन्सले टिकटदेखि विभिन्न मुलुकमा जिएसए दिने कार्य स्विकृत गर्छ । विभिन्न मुलुकमा जिएसए दिँदा चरम अनियमितता मुछिँदै आएका कालाखेति अध्यक्ष युवराज अधिकारीका समेत निकट पात्र हुन् ।

नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीले यसअघि कार्यालयमै रहेका ९५ जना कर्मचारीमाथि यौन हिंसा गरेको भन्दै उजुरी परेको थियो । उजुरीपछि तत्कालिन महाप्रबन्धक सुगतरत्न कंसाकारले निलम्बन समेत गरेका थिए । उनी असक्षम रहेको भन्दै पूर्वपर्यटन मन्त्री प्रेम बहादुर आलेले बर्खास्त गरेका थिए । तर, अध्यक्ष अधिकारीले अदालतबाट स्टे अर्डर ल्याएर बसिरहेका छन् ।

याे पनि पढ्नुहाेस्

‘यौनकाण्ड’ लागेका युवराज अधिकारीलाई निगमको सञ्चालक बनाउन सोमेन्द्र थापाको दौडधुप !

नेपाल एयरलाइन्सका ‘कर्मचारीमाथि यौन आतंक मच्चाउने’ युवराज अधिकारी बोर्ड सदस्य बन्ने खेलमा !

युवराज अधिकारीको खण्डन : ‘गोप्य पत्र छाप्न दिने र समाचार लेखाउनेमाथि कारबाही हुनुपर्छ’

वायुसेवा निगमभित्रै युवराजको डरलाग्दो यौनकाण्ड दबाइएको खुलाशा [मिलापत्रसहित]

सम्बन्धित खबर