बागमती प्रदेशमा खेम लोहनी पक्षको लज्जास्पद हार : संस्थापन पक्षका १५ जना निर्वाचित !

दियो पोस्ट  

 

धादिङ । नेकपा (एमाले) बागमती प्रदेश अधिवेशनमा धादिङ जिल्लाबाट १८ जना प्रदेश कमिटी सदस्य निर्वाचित भएकोमा धादिङका खेम लोहनी पक्षको लज्जापस्पद रुपमा हार व्यहोरेका छन् ।

प्रदेशले जिल्लालाई १६ जना सदस्य ल्याउने गरी संख्या दिएकोमा ३६ जनाको उम्मेदवारी परेकोमा १८ जना निर्वाचित भएको थियो ।
जिल्लामा लामो समयदेखि केन्द्रिय सदस्य खेमप्रसाद लोहनी र जिल्ला अध्यक्ष भुमि त्रिपाठीको २ समुह रहेको स्पष्ट देखिएको थियो ।

यो समुह प्रदेश अधिवेशनमा पनि प्रष्ट देखियो । जिल्ला अध्यक्षको समुहले अन्तिम समय सम्म पनि सहमती गरेर जिल्लाको सदस्य टुङ्गाउन पहल गर्दा पनि खेम लोहनी र रमेश आचार्य समुहले भने धुनिवेशीका सन्तोष राना क्षेत्री, ज्वालामुखीका संजय दुवाडी र नीलकण्ठका नेत्र नेपाललाई सर्वसम्मत नबनाएसम्म सहमती गर्न नसकिने अडान राखेको थियो । नेत्र नेपालको हकमा सहमती जुटेपनि सन्तोष रानाको ठाउँमा थाक्रेका कुमार बैरागी ल्याउनुपर्ने, संजयको ठाउँमा रुवीभ्याली र खनियावासको प्रतिनीधित्व हुने गरी इमान तामाङ ल्याउन तथा सन्तोष र संजयलाई जिल्ला कमिटीमा राखेर काम गराउन जिल्ला अध्यक्षको समुहले गरेको प्रस्ताव खेम लोहनी र रमेश आचार्यको समुहले नमानेपछि निर्वाचनमा जाने अवस्था सृजना भएको एक नेताले बताए ।

रमेश आचार्य भने आफु निर्वाचनमा हार्ने डरले आफ्नो जोडबल र केन्द्रमा विभिन्न लवी गरेर कार्वाही गराएका र नाम समेत लिन नचाहाने कृष्ण पन्तलाई समेत स्विकारेर निर्विरोध भएका थिए । निर्वाचनमा खेम लोहनी र रमेश आचार्यको समुहले हुनै पर्ने भनेर अडान राखेका सन्तोष राना क्षेत्रीले सबैभन्दा कम भोट, संजय दुवाडीले दोस्रो कम भोट ल्याएका थिए भने नेत्र नेपालले पनि कम भोट ल्याएर हारेका थिए । अहिले १८ जनामा खेम लोहनी र रमेश आचार्य समुहका ३ जना मात्रै प्रदेश कमिटी सदस्य भएका छन् भने बाँकीले हारेका छन् ।

रमेश आचार्य, कृष्ण लामा र अम्बिका रुपाखेती लोहनी पक्षका हुन् भने बाँकी सबै अध्यक्ष समुहका रहेको एक कार्यकर्ताले बताए । जिल्लाले प्राप्त गरेको १६ सदस्यमा सहमती गरेर जिल्लामा एकताको सन्देश दिन अन्तिम सम्म पनि प्रयास गरिएपनि साथीहरुले एकले अर्कोलाई स्विकार गर्न नसकेको, आफु हुँदा ठीक र अरु हुँदा सहमती हुन नसक्ने देखिएपछि स्वच्छ प्रतिस्पर्धाका लागि निर्वाचनमा गएको जिल्लाका उपसचिब राधिका सापकोटाले बताउनु भयो ।

सहमती भएको भए अध्यक्षको पक्षले लोहनी पक्षलाई ५ सदस्य छोड्न सहमत भएको थियो तर नमानेर निर्वाचनमा जाँदा ३ सिटमा खुम्चिनु परेको छ । सहमती नभै निर्वाचनमा गएका कारण आफ्नो समुहलाई फाइदा भएको त्रिपाठी पक्षका एक कार्यकर्ताले बताए । प्रदेश अध्यक्ष बन्ने हल्ला चलेका लोहनी आफ्नै पालिकामा प्रतिनीधि छनौटमा हार्ने डरले प्रतिनीधि नै बनेका थिएनन् । उनले आफ्नो सबैभन्दा निकट रहेकी गंगादेवी श्रेष्ठलाई उपसचिवमा उमेदवारी दिन लगाएपनि हार्ने डरले पछि फिर्ता लिन लगाएका थिए ।

जसमा ७ जना महिलाहरु र ११ जना पुरषको सहभागिता रहेको छ । निर्वाचन क्षेत्रबाट २ महिला सहित ६ जना, भुगोलबाट २ जना महिला सहित ७ जन, १ दलित महिला र १ युवा महिला सहित २ जना युवा गरी १६ जना जिल्लाबाट निर्वाचित भएका थिए भने प्रदेशभरी नै अपाङ क्षेत्रको कोटामा गल्छीका राजु रेग्मी निर्विरोध भएका छन् भने प्रदेश भरीबाट जनजाती महिलामा धुनिवेशीकी मन्दिरा श्रेष्ठ निर्वाचित भएकी छिन् ।