गुण्ड नाइके रिगलको आममाफीविरूद्ध अनशन बसेकी भारती वीर अस्पतालमा

दियो पोस्ट  

काठमाडौं । बाँकेका योगराज ढकाल(रिगल) लाई आममाफी दिने सरकारको निर्णयविरूद्ध आमरण अनशन बसेकी भारती मानन्धरलाई अस्पतालमा लगिएको छ।

बुधबार दिउँसो सर्वोच्च अदालतमा पुगेकी भारती बेहोश भएपछि वीर अस्पताल लगिएको हो।

आफ्ना श्रीमान चेतन मानन्धरका हत्या गर्ने रिगललाई जेल चलान गर्नुपर्ने माग गर्दै उनले बुधबार माइतीघर मण्डलमा अनशन सुरू गरेकी हुन्।

संविधान दिवसको दिनमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तरुण दलका नेता एवं गुण्डा नाइके रिगललाई आममाफी दिँदै रिहा गरेको थियो।

भारतीका श्रीमान चेतनको हत्या अभियोगमा रिगललाई सर्वस्वसहित जन्मकैद सजाय दिइएको थियो।

०७५ भदौ अघिको घटना भए ४० प्रतिशत र त्यसपछिको घटना भए ५० प्रतिशत कैद सजाय भुक्तान गरेको कैदीलाई जेलमा असल चालचलन देखाएमा बाँकी कैद छुट दिने कानुनी व्यवस्था रहेको भन्दै सरकारले आममाफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।