इजरायल बंकरमा बन्धक नेपालीलाई उद्दार, भन्छन्,‘सरकारले एक दिनमै उद्दार गर्यो’

दियो पोस्ट  

काठमाडौं । इजरायल–प्यालेस्टाइन युद्धका कारण बंकरमा बन्धक नेपालीलाई उद्दार गर्न नेपाल सरकारको सक्रियतामा उद्दार टोली त्यसस्थानमा पुगेको छ । इजरायलको विभिन्न बंकरमा बन्धक रहेका नेपाली टोलीलाई इजरायली सेनाको सहयोगमा उद्दार गरिएको छ । उनीहरुलाई सुरक्षित स्थानमा पुर्याइएको छ ।

‘हामीलाई सरक्षित क्षेत्रमा पुर्याउनका लागि सेनाको गाडी आएको छ । हामी सेफ सेल्टरमा जाँदैछौँ,’ लाइभ गर्दै लोइस रिजालले भनेका छन्,‘नेपाल सरकारले एक दिन भित्रैमा हामीलाई रेस्क्यु गरेको छ । किनकी अरु देशले पनि आक्रमण गर्दैछ भन्ने हामीले सुनेका छौँ । हामी ४९ जनाको टोली नेपालमै भेट्ने छौ ।’

इजरायलले कब्जा गरेको प्यालेस्टाइनको भूमिमा प्यालेस्टाइनी सेनाले आक्रमण गरेको थियो । आक्रमणमा परि १० नेपाली नागरिकको मृत्यु भएको छ ।