प्रचण्डलाई गृहमन्त्री श्रेष्ठको टक्कर : प्रचण्डका दुई पूर्वपिएसओ एसपीलाई झूटो आरोपमा सरुवा

दियो पोस्ट  

काठमाडौं । सामाजिक सद्भाव एउटा व्यक्तिले चाहेर कायम हुने विषय होइन । समुदाय धर्म र जातमा विभाजित भएर एउटा धर्मले अर्को धर्ममाथि विभेद गर्यो भने सामाजिक सद्भाव पक्कै पनि खल्बलिन्छ । यसरी खल्बिलिएको सामाजिक सद्भाव प्रहरीको फूलि लगाएका अधिकारीले कायम गर्न सक्ने विषय होइन । तर, गृहमन्त्रालयले समाजिक सद्भाव कायम गर्न नसकेको झूटो आरोप लगाएर प्रहरीका दुई अधिकारीमाथि कारबाही स्वरुप काज तानेको छ ।
सामजिक सद्भाव खल्बल्याउन धार्मिक आवरणमा खटिएका भारतीय आरएसएस लगायतका संगठनहरु सक्रिय रहँदा त्यस्ता धामिर्क अतिवादीलाई कारबाही गर्नुको सट्टा गृह प्रशासन भने प्रहरी अधिकारीमाथि नै कारबाहीमा उत्रिएको हो ।

प्रहरी प्रधान कार्यालयले बाँके र सर्लाहीका प्रहरी प्रमुखको सरुवा गरेर सामाजिक सद्भाव कायम गर्न नसकेको आरोप लगाएको छ । । पछिल्लो समय धार्मिक सद्भाव कायम राख्न नसकेको भन्दै बाँकेका एसपी सन्तोषसिंह राठोर र सर्लाहीका एसपी नरेशराज सुवेदीको काज सरुवा गरिएको हो ।

राठोरको ठाउँमा सुवासचन्द्र बोहरा र सुवेदीको ठाउँमा प्रवीण धिताललाई पठाइएको छ ।

तर, दुवै प्रहरी अधिकारी व्यावसायीक अधिकृत रहेको खुलेको छ । बाँकेका एसपी सन्तोष सिंह राठौर र सर्लाहीका एसपी नरेशराज सुवेदी यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पिएसओ थिए । दुवै प्रचण्डको पिएसओलाई हेडक्वार्टर तानेर प्रचण्ड प्रति गृहमन्त्रीले प्रतिसोध साँधेको आरोप छ । प्रचण्डका मान्छे तानेर आफ्ना मान्छे सेटल गर्न गृहमन्त्री लागी परेको आरोप छ । स्रोतका अनुसार बाँके र सर्लाहीका एसपीलाई कारबाही नगर्न प्रधानमन्त्रीकी स्वकिय सचिव गंगा दाहालले पटक पटक अनुरोध गर्दा पनि गृहमन्त्रालयले नसुनेको हो ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले सम्हालेको गृह प्रशासनमा अहिले अवैध सरुवा बढुवा र आफ्ना मान्छे सेटलको काम भइरहेको छ । विभिन्न घटनामा यसअघि भएका निर्णयलाई उल्ट्याएर आफ्ना मान्छे सरुवा गर्ने गरिएको छ । कास्कीको वडा प्रहरी कार्यालय बैदाममा पनि गृहमन्त्री श्रेष्ठले आफ्ना मान्छे लगेका छन् । त्यहाँ कार्यरत डिएसपीले विभिन्न रात्री क्लबका संचालकलाई आफूले गृहमन्त्री श्रेष्ठ निकट केही व्यक्तिहरुलाई रकम बुझाएर सरुवा भएको बताउने गरेका छन् । माथि बुझाएको रकम यहाँ उठाउने हो भन्दै उनले केही व्यापारीलाई हैरान पार्न थालिसकेका छन् ।