नागरिक उडयन प्राधिकरणले निलम्बन गरेको मनाङ एयर हेलिकोप्टर विहिन

मनाङ एयरकाे हेलिकोप्टर दुर्घटना:

दियो पोस्ट  

काठमाडौं । सोलुखुम्बु जिल्लाको लुक्लाबाट लुबुचे तर्फ ढडेको मनाङ्ग एयरको हेलिकोप्टर दुर्घटनामा परेपछि नागरिक उडयन प्राधिकरणले कारबाही गरेको छ । प्राधिकरणले शनिबार एक सुचना जारी गर्दै मनाङ्ग एयरलाई निलम्बन गरिएको छ । प्राधिकरणले एयर अपरेटर सर्टिफिकेट निलम्बन गरेको हो ।
तर, शनिबार एउटा हेलिकोप्टर दुर्घटनामा परेपछि अब मनाङ्ग एयर हेलिकोप्टर विहिन छ । हेलिकोप्टर नै नभएको कम्पनीलाई प्राधिकरणले कारबाही गरेको हो ।
शनिबार मनाङ एयरको ९ एन–एएनजे कलसाइन भएको हेलिकोप्टर दुर्घटनामा परेपछि अब यो कम्पनी हेलिकोप्टर विहिन भएको हो ।
यसअघि मनाङ्ग एयरको एन एएमभी कलसाइन भएको हेलिकोप्टर २६ असारमा दुर्घटनामा परेको थियो । तीन महिनाको अवधिमा भएको दोस्रो दुर्घटनाले मनाङ्ग एयरलाई हेलिकोप्टर विहिन बनाएको छ ।
मनाङ्ग एयरले अर्को हेलिकोप्टर ल्याउन विमाबाट रकम पाउन सकेको छैन । यसअघि भएको दुर्घटनापछि पनि हालसम्म हेलिकोप्टर ल्याउन सकेको छैन ।