मदिराले लठ्ठीएका ‘जड्याहा’ नेतासँग ऋषि धमलाको जनता जान्न चाहन्छन् (भिडियो)

दियो पोस्ट  

काठमाडौं । टेलिभिजन प्रस्तोता ऋषि धमलाले पटक पटक पत्रकार आचारसंहिताको धज्जी उडाइरहेका छन् । प्राइमटाइम टेलिभिजनका मालिक समेत रहेका धमलाले सोही टेलिभिजनमा जनता जान्न चाहान्छन् नामक टेलिभिजन कार्यक्रम चलाउँदै आएका छन् । कर्तव्य ज्यान कसुरमा कैद भुक्तानी गरेका रिगल ढकाललाई टेलिभिजनको पर्दामा ल्याएर पीडितलाई थप पीडा दिएको आरोप लागेका धमलाले राजनीतिक विश्लेषण भने एक जना जड्याहा नेताबाट गराएका छन् ।

नेपाली कांग्रेसका सांसद समेत रहेका राजेन्द्र बजगाइँलाई मदिराकै तालमा टेलिभिजनको पर्दामा उतारेर धमलाले कमाल गरेका छन् । हिजो बेलुका अर्थात घटस्थापनाकै दिन प्रशारित भएको यो कार्यक्रम युट्युबमा समेत छ । कुल २७ मिनेछ ५५ मिनेटको यो कार्यक्रममा धमलाका पाहुना बजगाइँ मदिराले लठ्ठीएको अवस्थामा रहेको कमेन्टहरुमा उल्लेख छ ।

रातो टोपी उल्टो पहिरिएर बजगाइँ टेलिभिजनको पर्दामा देखिन्छन् । अन्तर्वार्तामा धमलाको प्रश्न एकातिर छ भने बजगाइँको उत्तर अर्कै तिर छ । धमलाले कोसीमा त कंग्रेस पार्टी फूट्ने भो नी भन्ने प्रश्न गर्छन् । यता बजगाइँले उत्तरमा कोसी र महाकालीमा पार्टी नफूट्ने दाबी गरेका छन् । संघीय प्रणाली अनुसार नेपालमा हाल कुनै पनि महाकाली प्रदेश नाम छैन ।

@dirghakhadka187

♬ original sound – Dirgha Khadka Official

‘हाम्रो क्षेत्रको सांसद कस्तो जडिया परेछ’ कमेन्टमा अमृत बयलकोटीले लेखेका छन् ।

अर्का एक युजरले भनेका छन्,‘मैले चिनेको मैले भोट हालेको मेरो नेताको हाउभाउ बोलीचाली यो होइन जस्तो लाग्छ । जनता समक्ष सार्वजनिक जवाफदेहितामा प्रस्तुत हुँदै गर्दा गोरखाली जनताको भावनामा आँच पुगेको अनुभव भयो की ।’

बजगाइँसँग यसअघि रातोपार्टी अनलाइनले लिएको अन्तर्वार्तामा उनी मदिरा नखाएको अवस्थामा देखिएका छन् ।