गृहमन्त्रीको स्वास्थ्यबारे यस्तो छ अस्पतालले जारी गरेको विज्ञप्ति

दियो पोस्ट  

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ’ले शुक्रबार दिउँसो ‘मेडिकल सर्टिफिकेट’ जारी गरेको छ।

श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्शनु भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा’ ओब्टस मार्जिनल शाखा (इः)मा अवरोध देखिएको अस्पतालले जनाएको छ।

उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण ‘स्टेनोसिसु देखिएको र त्यसलाई कम गर्न तुरुन्तै’ स्टेन्टु राखिएको समेत अस्पतालले जनाएको छ।

उपप्रधानमन्त्री श्रेष्ठलाई चिकित्सकहरूको निरन्तर निगरानी गर्न मेडिकल आइसियुमा राखिएको र स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।

‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’मा सहभागी हुन चीनको बेइजिङ पुगेका गृहमन्त्री श्रेष्ठलाई गएराति १ बजे हृदयघात भएको थियो।