भूकम्पको धक्काले धादिङ्गको ज्वालामुखि ५ खरिमा पहिरो, घर समेत भत्कियो (तस्विर)

दियो पोस्ट  

धादिङ्ग । आइतबार विहान ७ बजेर ४० मिनेटमा गएको भूकम्पका कारण धादिङ्गका विभिन्न स्थानमा व्यापक क्षेति भएको छ । दियोपोस्टलाई प्राप्त पछिल्लो विवरण अनुसार धादिङ्गको ज्वालामुखि गाउँपालिका खरीमा विभिन्न घर भत्कनुको साथै पहिरो समेत गएको छ ।

स्थानियबासीका अनुसार ज्वालामुखि ५ खरिस्थित मालिंगे घर भएका कांग्रेस कुमाल र ठाकुर भूजेलको घर भत्किएको छ । यद्धपी मानवीय क्षति भने भएको छैन । त्यस्तै सिम्लेस्थित भोजबहादुर सिंखडा र अन्जन सिंखडाको जमिन पहिरोले लगेको छ ।

अन्यस्थानमा समेत क्षति भएपनि विवरण आइसकेको छैन । स्थानियका अनुसार २०७२ को भूकम्पामा उक्त स्थानका जनताले घर निर्माणका लागि राहत रकम पाएका थिएनन् । बुढीगण्डकी जलविद्युत परियोजनाको मुआब्जा वितरण भइसकेका कारण उनीहरुले राहत नपाएका हुन् ।