एकै परिवारका चार जना मृत फेला !

दियो पोस्ट  

काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिका ६ मा एकै परिवारका चार जनाको शव फेला परेको छ । आमा र छोराछोरीको शव फेला परेको हो ।

जिल्ला प्रशासन कार्यालय मुगुका अनुसार २८ वर्षकी श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज बोहोरा, अर्का १ वर्षका छोरा रहर बोहोरा र ७ वर्षकी छोरी अप्सरा बोहोरा मृत फेला परेका हुन् ।

उनीहरूको शव शुक्रबार फेला परेको हो ।

मुगुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र थापाले उनीहरूको शव आफ्नै घरमा फेला परेको बताए। थप अनुसन्धान सुरू गरिएको डिएसपी थापाले जानकारी दिए ।