काठमाडौं । राजधानीको सिंहदरबारस्थित बसेरा बुटिक होटलमा नेपाल सरकारका सचिवहरु शंकाष्पद रुपमा बैठक बसेका छन् । सोमबार साँझदेखि शुरु भएको बैठक केहीबेर मात्रै सकिएको छ । बैठकमा नेपालल सरकारका सचिवहरु मात्रै होइन भारतीय राजदूत समेत सहभागी स्रोतले बताएको छ ।
उनीहरुबीच के विषयमा कुरा भएको भन्ने खुलेको छैन । बैठकको संयोजन अर्थसचिव कृष्ण हरी पुष्करले गरेको स्रोतले बताएको छ । उनीहरुले बसेराको ७ औँ तलामा रहेको भान्सा रेष्टुरेन्ट रिजर्भ गरेका थिए । सचिवहरुको बैठक चलिरहँदा अन्य सर्वसाधरणलाई प्रवेश समेत गर्न दिएको थिइएन ।
त्यस्तै बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव र भारतीय राजदूत नविन श्रीवास्तव समेत सहभागी थिए । यादव र श्रीवास्तवसँगै कृष्णहरि पुष्कर बाहिर निस्किएका थिए । मुलुकमा चुलिँदो आर्थिक संकटका कारण सचिवहरु एकै ठाउँमा कुनै रणनीतिमा जुटेको आशंका छ ।