नक्कली जेनजी बनेर गृहमन्त्रीसँग ५० प्रतिशत हिस्सा माग्ने माइतीघरबाट पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्याल समक्ष नक्कली जेनजी बनेर मालपोत भंन्सार लागतयमा समेत भागबण्डा माग्न पुग्ने व्यक्तिले माइतीघरमा प्रदर्शन गर्न खोजेपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखा घर भएका सञ्जिव दाहाल रहेका छन् । उनी कुनै समय तत्कालिन खानेपानी मन्त्री विना मगरको सचिवालयमा समेत थिए । सचिवालयमै रहँदा मगरको किर्ते हस्ताक्षर गरि सिम निकाल्न खोज्दा पक्राउ परेका थिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनी प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि पक्राउ गरिएको हो ।

गत असोज २ गते उनै दाहालसहित पूर्वडिएसपी गोविन्द पन्थीले आफूहरु जेनजी समुहको हुँ भन्दै गृहमन्त्री ओम प्रकाश अर्याल समक्ष मालपोत भन्सार लगायतमा आफूहरुको ५० प्रतिशत भाग दिनुपर्ने माग गरेका थिए ।

गृहमन्त्रीलाई भेट्न नक्कली जेनजीको लाइन : पूर्वडिएसपी देखि किर्तेका अभियुक्तसम्म

 

‘प्रेस काउन्सिलको कर्मचारी हुँ’ भन्दै विज्ञापनदातालाई सञ्जिव दाहालको धम्की