नक्कली बिल बनाई राजश्व छली गर्ने दुई पक्राउ !

दियो पोस्ट  

इनरुवा, असोज १८ । सुनसरी कोशी गाउँपालिका–८ बाट नक्कली बिल बनाइ राजश्व छली गर्ने दुई जनालाई पक्राउ गरिएको छ ।

को१च ५०४ नं को बोलेरोमा नक्कली बिल बनाइ मदिरा लिएर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका रामधुनी नगरपालिका–५ झुम्काका काशीराम चौधरी र अनिलकुमार चौधरीलाई बुधबार पक्राउ गरी राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र फुयाँलले जानकारी दिए । उक्त गाडीमा उमङ्ग, गोर्खा बियर, रुसलान भोट्कासहित १५ प्रकारका मदिरा थिए ।