रोनाल्डोमाथि लगाइएको बलात्कारको अाराेप झुठ , पेश गरिएका सबै प्रमाणहरु जाली !

रोनाल्डोमाथि लगाइएको बलात्कारको अाराेप झुठ , पेश गरिएका सबै प्रमाणहरु जाली !

बीबीसी । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो विरुद्ध लागेको बलात्कारको आरोप झुट साति हुने भएको छ । रोनाल्डोका वकिलका अनुसार उनिविरुद्ध पेश गरिएका सम्पुर्ण प्रमाणहरु जाली रहेको बताएका छन् । यसबाट रोनाल्डो विरुद्ध लागेको बलात्कारको आरोप कुनै हालतमा पुष्टि नहुने समेत बताएका छन् ।

अमेरिकाको लस भेगसमा आफुलाई रोनाल्डोले बलात्कार गरेको भन्दै काथरीन मेयोर्गाले एक अन्तरवार्तामा खुुलासा गरेकी थिईन । यसपछि एकाएक चर्चामा आएकी काथरिनले भेगसको प्रहरी कार्यलयमा उजुरी समेत दर्ता गरेकी थिईन । यस सम्वन्धमा रोनाल्डोले भने काथरिनले लगाएको बलात्कारको आरोप आधारहिन भएकोले अस्विकार गरेका थिए ।

काथरिनले सन २००९ मा भेगसको एक होटलमा रोनाल्डोले आफुलाई बलात्कार गरेको बताएकी थिईन । यस लगत्तै भेगस प्रहरीले रोनाल्डो संग पनि सोधपुछ गर्ने बताएको छ ।

आफुलाई गलत आरोप लगाएको भन्दै रोनाल्डोले कानुनी सहायतका लागि आफ्नो वकिललाई भेट्नको लागि दुई दिन अगाडी लिस्वन पुगेका थिए । उनका वकिलले रोनाल्डो विरुद्ध लगाईएको आरोप प्रमाणित समेत नहुने बताएका छन् । उनले काथरिनले जाली डकुमेन्ट पेश गरेको समेत बताएका छन् । सबै प्रमाणहरु डिजिटल रुपमा समेत परिमार्जन गरिएको रोनाल्डोका वकिलले बताए ।

Trending News