यस्तो कुकुर जसले बाघको शिकार गर्छ, थाहा पाउनुहोस् रहस्य

Diyo post  

 

भारतको महाराष्ट्रको यवतमाल जिल्ला र यो जिल्लाको पाढरकावडा इलाका । यो क्षेत्रमा मानिसहरु पछिल्लो समय एक बघिनीको कारणले हैरान छन् । बघिनीको नाम हो टी १ । पछिल्ला कयौँ दिनहरुमा यो बघिनी यस इलाकाका मानिस र जनावरको मृत्यु बनेर घुमिरहेको छ ।

समस्याको कुरा के हो भने विगत केही महिनादेखि वन विभागले यो बघिनीलाई समात्नको लागि रातदिन प्रयास गरिरहेको छ । तर सफलता भने मिलेको छैन । वनका पालेहरु दिनरात गस्ती गरिरहेका छन् । बन्दुकसहित पहेरेदारी भइहरेको छ तर बघिनीले सबको आँखा छलिरहेको छ ।
प्रशासनले सोमबार एउटा अर्को कुरा भनेकाे छ । उनीहरुले बघिनीको शिकारको लागि केन कोरसो प्रजातिका दुई कुकुर लगाइदिएका छन् । यो कुकुर शिकारी प्रजातिको कुकुर हो । यस्तो एउटा कुकुरलाई ६ लाख भारु पर्छ । टाइम्स अफ इन्डियाका अनुसार यी दुई कुकुर हैदराबादको शार्पशुटर नवाब शफत अलि खानको हो ।

कुकुर किन ल्याइयो ?

वाइल्डलाइफ ए का मिश्राले टाइम्सले भने, ‘धेरै विचार–विमर्शपछि केन कोरसो कुकुरलाई फिल्डमा लगाइएको छ । गोल्फर र डग ट्रेनर ज्योति रंधावाले यी कुकुरहरुलाई सम्हालीरहेका छन् । नवाबका छोरा असगरलगायत केही अरु मानिस पनि यो काममा सामेल छन् ।

अधिकारिहरुको भनाइ छ कि, बघिनीले दुई घोडाहरुलाई मारिसकेको छ । तर त्यो चारेको नजिक गएको छैन । क्यामरा ट्रयापमा पनि त्यसको फोटो कैद छैन । त्यसलाई बहोेस् गर्न पहिला बघिनी भएको क्षेत्र थाहा पाउनु पर्छ । कुकुरले त्यसलाई खोजेर निकाल्न मद्दत गर्न सक्छन् ।

तर त्यो कुकुर कुन हो जसलाई बाघको अगाडि उतारिएको छ ?, के कुकुरका सबै प्रजाति यति दमदार छन् कि उनीहरुलाई बाघसँग पनि भिडाउन सकिन्छ । यो केन कोरेस कहाँबाट आए ? र यति बहादुर कसरी छन् ?

यो कुकुर किन खास छन् ?

केन कोरसोलाई सम्पत्ति, पशु र परिवारको सुरक्षाको लागि प्रयोग गरिइरहेको छ । आज पनि कयौँ इलाकामा यो जारी छ । इतिहासलाई हेर्ने हो भने यस प्रजातिले नाइट वाचम्यानको भूमिका निभाइरहेको छ । अमेरिकन केनेल क्लबका अनुसार यो कुकुरको उचाइ २५ देखि २८ इन्च हुन्छ र जीवन अवधि ९ –१२ वर्ष हुन्छ । यसको तौल ४५ देखि ५० किलोसम्म हुन्छ ।

यो कुकुरलाई स्मार्ट, ट्रेनिंग दिन योग्य, हिम्मतिला र अत्माविश्वासले भरिएको हुन्छ भनिन्छ । केन कोरेसोको इतिहास रोमन दौरसँग जोडिएको छ । यसको टाउको एकदमै ठूलो हुन्छ ।

२० औँ शताब्दीमा दक्षिण इटलीको ग्रामीण फार्ममा जब जीवनमा परिवर्तन भयो तब कोरसो दुर्लभ हुन लाग्यो । १९७० को दशकमा अन्तिम दिनमा केही मानिसको समूहले मिलेर यो कुकुरको प्रजातिलाई बचाउने जिम्मा लिए ।

प्रजाति कहाँ थियो, कहाँ आयो ?

सन् १९९४ मा यो प्रजातिलाई इटालियन केनल क्लबले इतालबी कुकुरको १४ औँ प्रजातिको रुपमा मान्यता दिएको थियो । १९९७ मा वल्र्ड केनाइन अर्गनाइजेसनले यसलाई आंशिक रुपमा स्वीकार गरेको थियो । दश वर्षपछि यसलाई अन्तर्राष्ट्रिय स्तरमा पूर्ण रुपमा मान्यता दिइयो ।

अमेरिकामा अमेरिकन केनेल क्लबले पहिलो वर्ष २०१० मा केन कोरसोलाई मान्यता दिइएको थियो । यो प्रजातिको इज्जत लगातर बढिरहेको छ । दुनियाँका धेरै देशहरुमा यसलाई पुलिस डगको रुपमा पनि प्रयोग गरिन्छ ।

सम्बन्धित खबर