डिबाला निर्णायक बनेपछि यसरी हार्यो म्यानयु !

डिबाला निर्णायक बनेपछि यसरी हार्यो म्यानयु !

काठमाडौं, ७ कात्तिक । अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले गरेको गोलमा युभेन्टस् विजयी भएको छ । गएराती भएको खेलमा डिबालाले १७ औं मिनेटमा गरेको गोल नै म्यानचेस्टर युनाइटेडलाई हराउन काफी भयो ।

खेलमा युभेन्टस्ले ६१ प्रतिशत बल पोसेसन राख्दा ६४४ पास खेल्यो । म्यानयुले ३९ प्रतिशत बल पोसेसन राख्दा ४१३ पास खेल्यो ।

ग्रुप एचका तीनवटै खेल सकिंदा युभेन्टस् ९ अंक जोड्दै अन्तिम १६ मा प्रवेश गरेको छ । तीन खेलमा एक जित, एक बराबरी र एक पराजयका बाबजुद पनि म्यानयु अन्तिम १६ मा प्रवेश गरेको छ । तीन खेलबाट म्यानयुको ४ अंक भएको छ । भ्यालेन्सियाले तीन खेलबाट २ र योंग ब्वाइजले तीन खेलबाटै एक अंक बटुलेको छ ।

Trending News