बीबीसी । मानिसमा हुने पोषण तत्वको कमी र मोटोपनलाई सधैँ पश्चिमी देशहरुमा रोग मानिन्छ तर यथार्थमा यस्तो केही पनि होइन । १० मध्ये ९ देश स्वास्थ्यका विभिन्न समस्या सँग जुधिरहेका छन् । जहाँ अधिकतौल भएका र कमतौल भएका मानिसहरु सँगसँगै बस्छन् । यस प्रकारको रोगलाई दोहोरो बोझपनि भनिन्छ । अस्वस्थ खाना, अफिसमा अलगअलग सिफ्ट गर्नु, यातायातका साधनतथा टेलिभिजनको अधिक मात्रामा प्रयोगका कारणले धेरै प्रकारमा रोगहरु लाग्छन् । यो दोहोरो बोझको समस्या एउटा समुदाय भित्रमात्र नभएर एक परिवार भित्रपनि हुन्छ ।
एउटै मानिसमा पनि दुवै समस्या हुन सक्छ । जस्तै कुनै मानिस मोटो हुन्छ तर उसको शरीरमा चाहिने आवश्यक पोषक तत्वको कमी हुन्छ । र हुनसक्छ कुनै व्यक्तिको छाला पातलो छ तर शरीरमा अधिक मात्रमा बोसो छ ।
कहाँ कति मोटोपन ?
दुनियाँका सबै देशको कुनै न कुनै ठाउँमा मानिसहरु पोषकतत्वको समस्यासँग जुधिरहेका छन् । कयौँ मानिस खाना खराब हुनाले कुपोषणको समस्याबाट ग्रस्त छन् ।
कुपोषणबाट ग्रस्त हुने मानिसको संख्या २०१६ मा ८१.५ करोड भएको छ । यसमा दुई वर्षमा ५ प्रतिशतले वृद्धि भएको छ । अफ्रिकामा सबैभन्दा धेरै वृद्धि भएर त्यहाँका २० प्रतिशत मानिस कुपोषणले ग्रस्त थिए । कुपोषणसँगै पछिल्लो ४० वर्षमा मोटोपनको संख्या ३ गुनाले बढेको छ । विश्वमा ६० प्रतिशत भन्दा धेरै वयस्क मानिस मोटोपनको सिकार बनेका छन् । त्यसमा १.९ अरब मानिस अधिक तौल भएका छन् ।
विकासशील देशमा मोटोपनबाट ग्रसित व्यक्तिहरुको संख्या विकसित देशमा जत्तिकै भइरहेको छ । धेरै जस्तो ठाउँमा मानिसहरुको आवश्यकताअनुसार उनीहरुले खाना पाउँदैनन् । दक्षिण अफ्रिकामा तीनमध्ये एक बच्चा धेरै वजन भएको पाइन्छ जहाँ हरेक तीनमध्ये एक बच्चा नै कम वजन भएको पनि पाइन्छ ।
ब्राजिलमा ३६ प्रतिशत केटीहरु धेरै वजन भएका वा मोटोपनबाट ग्रसित छन् भने १६ प्रतिशत केटीहरुलाई कम वजनको श्रेणीमा राखिएको छ । ब्रिटेनमा चारभागको एक भाग वयस्क मोटोपनबाट ग्रसित छन् । युरोपीय संघमा १५ देखि १९ वर्ष उमेरका मानिसको वजन कम छ तर १८ वर्ष भन्दा माथिका आधाभन्दा बढी मानिसहरु अधिक मोटा छन् । यसका २ प्रतिशत मानिस मात्र पातला वा कम वजन भएका छन् ।
जीवनशैलीमा परिवर्तन पनि आंशिक रुपमा मोटोपन र कम पोषणको दोहोरो बोझको जिम्मेवार छ । भारत र ब्राजिल जस्तो कयौँ निम्न र मध्यमवर्गका देशमा आवश्यकताभन्दा अधिक खर्च गरिरहेका छन् । जसले गर्दा एउटा नयाँ मध्यमवर्ग बनेको छ । यो वर्ग पश्चिमी खाद्यपर्दार्थको अधिक प्रयोग गर्छ । जसमा चिया चिसो र मासु पर्छन् । ग्रामीण क्षेत्रबाट सहरतिर आए पछि मानिसहरु यस प्रकारका खाद्य पदार्थ मन पराउँछन् ।
उदाहरणका लागि एउटा अध्ययनबाट पत्ता लागेको छ कि चीनको ग्रामीण क्षेत्रमा १० प्रतिशत बच्चा मोटोपनबाट र २१ प्रतिशत कुपोषणबाट ग्रसित छन् । जबकी सहरमा मोटोपनबाट ग्रसित बच्चाको संख्या १७ प्रतिशत र कुपोषणबाट ग्रसित बच्चा १४ प्रतिशत छन् । यसको अर्थ यो हो कि यी मानिसहरु खाना त खान्छन् तर भिटामिन र खनिजको मात्रा पूर्ण रुपमालिँदैनन् ।
मोटोपनबाट मुुटुको बिरामीको खतरा
पुणे (भारत) मामधुमेहका विशेषज्ञ प्रोफेसर रन्जन याज्ञनिक भन्छन्, ‘मधुमेहलाई धेरै पहिलादेखि मोटोपनको कारणबाट लाग्ने बिरामी भनिन्छ । तर भारतमा हामी कम तौल भएका युवाहरुमा पनि मधुमेह भएको देखिरहेका छौँ ।’
भारतीय मानिसहरु कम पोषणतत्व खाइरहेका छन् र जंक फुडबाट धेरै क्यालोरी प्राप्तगरिरहेका छन् । जसको कारण मानिसहरु पातलो हुने समस्या हुन्छ । ‘जो मानिस आवश्यकताभन्दा धेरै पातलो हुन्छन् उनीहरु शरीरमा जंकफुडबाट जम्मा भएका नदेखिने पातलो बोसो हुन्छ ।’ लुकेर बसेको वा शरीरभित्र रहेको यस्तो पदार्थ गएर कलेजो र शरीरका भित्रि अंगहरुमा जम्मा हुन्छन् । शरीरभित्र अधिक मात्रामा यस्तो पदार्थ जम्मा भएपछि टाइप २ मधुमेह र मुटुको बिरामीको खतरा बढ्न सक्छ । यी रोगलाग्नलाई व्यक्तिको तौल धेरै हुन र देखिन आवश्यक छैन । मेटाबोलिजम कमजोर भएपछि मोटोपन बढ्छ ।
बच्चामा किन बढी रहेको छ मोटोपन ?
धेरै पटक केही बच्चाहरु ठूलो मानिसले जत्ति नै खाना खान्छन् तर पनि उनीहरुको तौल धेरै हुँदैन । तर कुनै बच्चाहरु कम खाना खान्छन् र पनि उनीहरुको तौलभने धेरै हुन्छ । यो यसकारण हुन्छ कि सही मात्रामा भिटामिन भएका खाना खाँदैनन् र केही मानिसको मेटाबोलिज्मले काम पनि बिस्तारै गर्छ जसको कारणले शरीरमा अधिक मात्रामा बोसो जम्मा हुन्छ । हाम्रो खाना धेरै कारणले प्रभावित हुन्छ । जस्तो आयआर्जन, स्थानीय उपलब्धता, समय आदि । हरेक मानिसको पोषण सम्बन्धी आवश्यकता अलगअलग हुन्छन् । यो व्यक्तिको मेटाबोलिज्ममा पनि निर्भर हुन्छ ।