निर्मला पन्त बलात्कापछि हत्या प्रकरण: एसपी विष्ट र इन्स्पेक्टर भट्टराईले स्पष्टिकरण गृहमा बुझाए !

Diyo post  

प्रयास पराजुली
कार्तिक ७, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त हत्यामा दोषीलाई पक्राउ गर्न जिम्मेवारी बहन गरेको आरोपमा प्रहरी प्रधान कार्यालयले बखास्त गर्न सिफारिसमा गरेका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जनदीश भट्टराईले गृहमन्त्रालयमा लिखित स्पष्टिकारण बुझाएका छन् ।

प्रहरी प्रधान कार्यालयले छानबिन समितिको सिफारिसको आधारमा बर्खास्त गर्न सिफारिस गरेपछि गृह मन्त्रालयले एसपी विष्ट र इन्स्पेक्टर भट्टराईलाई बर्खास्त गर्नु अघि २४ घण्टै लिखित स्पष्टिकरण सोधेको हो ।

प्रहरी प्रधान कार्यालयमा विष्ट र भट्टराईले बुझाएको स्पष्टिकारण पत्र बुधवार नै गृहमन्त्रालय पठाइएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले दियो पोष्टलाई जानकारी दिए । उनले भने,‘गृहमन्त्रालयले सोधको स्पष्टिकरण जस्तो आएको छ, हामीले त्यस्तै मन्त्रालयमा पठाएका छौ ।’ विष्ट र भट्टराईले गृह मन्त्रालयले काटेको पत्र बुझेर लिखित रुपमा स्पष्टिकरण बुझाएपछि उक्त स्पष्टिकरणमाथि गृह मन्त्रालयले अध्ययन गरिएको गृह मन्त्रालयका एक अधिकारीले बताए ।

मन्त्रालयद्वारा गठित उच्चस्तरीय छानबिन समिति र प्रहरी प्रधान कार्यालयको सिफारिसका आधारमा गृहले उनीहरूमाथि बर्खास्तीको प्रक्रिया अघि बढाएको छ । छानबिन समितिले उनीहरूले जिम्मेवारीअनुरूप भूमिका निर्वाह नगरेको र प्रमाणहरू नष्ट गरेको भन्दै विभागीय कारबाही सिफारिस गरेको थियो । प्रहरी ऐनअनुसार इन्स्पेक्टरदेखि एसपीसम्मको बर्खास्ती प्रहरी महानिरीक्षकको सिफारिसमा गृहसचिवले गर्ने प्रावधान छ । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयको सिफारिसकै आधारमा बर्खास्त गर्ने निर्णय गर्दा विष्ट र भट्ट अदालत जादा अन्तरिक आदेश लिएर पुनः पदमा बहाल नहोउन भन्ने योजनाको साथ २४ घण्टे स्पष्टिकारण लिएको बताइएको छ ।

सम्बन्धित खबर