सशस्त्र प्रहरीका ६ एसएसपी डिआइजीमा बढुवा सिफारिस (नामसहित)

सशस्त्र प्रहरीका ६ एसएसपी डिआइजीमा बढुवा सिफारिस (नामसहित)

काठमाडौँ, कात्तिक ८ । शसस्त्र प्रहरी बलका ६ जना एसएसपी बढुवा सिफारिस भएका छन् । गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितीको वैठकले ६ जना एसएसपीलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा सिफारिसमा परेका एसएसपीहरुमा प्रजाभक्त श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, राजु अर्याल, नारायणदत्त पौडेल, चन्द्रप्रकास गौतम र गोविन्द क्षेत्री रहेका छन् ।

बढुवा सिफारिसमा परेका ६ जना एसएसपीहरुमध्ये अर्याल र पौडेल एसएसपीमा पनि पहिलो र दोस्रो नम्बरमा थिए । क्षेत्री यसअघि तेस्रोमा रहेकामा यसपटक चौथो नम्बरमा परेका छन् । तेस्रो नम्बरमा चन्द्रप्रकाश गौतम छन् । उता, बढुवा मापदण्डमा नपरेपछि एसएसपी सञ्जय राणाले राजीनामा दिएका छन् ।

कसलाई पहिलो नम्बरमा बढुवा गर्ने भन्ने विवादले रोकिएको बढुवा अन्तमा वरिष्ठताकै आधारमा हुने भएको हो । सशस्त्र प्रहरी ऐन तथा नियमावलीको प्रावधानअनुसार सशस्त्रको अबको नेतृत्व यही ब्याचबाट चयन हुने भएको छ । यसैकारण ९ महिनादेखी लम्बिएको बढुवा प्रक्रिया अहिले खुलेको हो ।

Trending News